खेलकुद


  • भारतलाई पहिलो झड्का, रोहित शर्मा १ रनमै आउट

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले सस्तैमा पहिलो विकेट गुमाएको छ ।
  • विश्वकप सेमिफाइनलः न्यूजिल्याण्डद्वारा भारतलाई २४० रनको लक्ष्य

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले भारतलाई २४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन बनायो ।
  • भारत भर्सेस न्यूजिल्याण्डः आज पनि वर्षाको सम्भावना

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा वर्षाले प्रभावित भएको भारत र न्यूजिल्याडबीचको पहिलो सेमिफाइनलको बाँकी खेल आज हुने भएको छ । वर्षाका कारण ४६.१ ओभरमा रोकिएको खेल ‘रिजर्व डे’ अनुसार सो खेल आज खेलाउन लागिएको हो ।
  • विश्वकप सेमिफाइनलः भारतले कति रनको लक्ष्य पाउला?

    मङ्गलबार, २४ असार २०७६     एजेन्सी

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको खेल वर्षाका कारण रोकिएको छ । न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेटको अवस्थामा वर्षा परेपछि खेल रोकिएको हो ।
  • सेमिफाइनलमा भारतविरुद्ध विलियम्सनको अर्धशतक

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्ड र वेल्समा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको भारत विरुद्धको समिफाइनल खेलमा न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले अर्धशतक पूरा गरेका छन् । उनले ४ चौका ७९ बलको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा विलियम्सनको यो दोस्रो अर्धशतक हो । साथै उनले यो विश्वकपमा २ शतकसमेत बनाइसकेका छन् ।
  • न्यूजिल्याण्डको खराब सुरुवात, १ रनमै आउट भए गुप्टिल

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको भारत विरुद्धको सेमिफाइनल खेलमा न्यूजिल्याण्डले खराब सुरुवात गरेको छ । उसले ३.३ ओभरमै पहिलो विकेट गुमाएको छ । न्यूजिल्याण्डले पहिलो विकेटकारुपमा पार्टिन गुप्टिललाई १ रनमा गुमाएको हो । उनलाई जसप्रित बुमराहले विराट कोहलीको हातबाट क्याचआउट गराए ।
  • विश्वकप सेमिफाइनलः भारतविरुद्ध न्यूजिल्याण्डले टस जित्यो

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमफिाइनल अन्तर्गत भारत विरुद्धको खेलमा न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाी समयअनुसार दिउँसो ३ः१५ बजेदेखि म्यानचेस्टरमा सुरु हुँदैछ ।
  • नेपाली क्रिकेट टिम मलेसिया प्रस्थान

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    सिङ्गापुरमा आयोजना हुने आइसीसी टी–२० विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिर्दै आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले बिदाइ गरे ।
  • नेपालले जित्यो एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा सम्पन्न एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । हकङकङलाई ६ विकेटले हराउँदै नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । जीतसँगै नेपाल श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल भएको छ ।
  • नेपाल उपाधि नजिक, पवन र रितको विस्फोटक ब्याटिङ (LIVE)

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हकङकले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले उत्कृष्ट ब्याटिङ गरेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ३ ओभरमा बिनाविकेट २३ रन बनाएको छ । नेपालको ओपनिङमा आज पनि रित गौतम र पवन सराफ आएका छन् ।
  • ९५ रनमै समेटियो हङकङ, सागर र कमलको घातक बलिङ

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा हकङकले ९६ रनको लक्ष्य मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको मौका पाएका हङकङले ४३.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रन बनायो । उसका लागि अदित गोरोवाराले सर्बाधिक २४ रन बनाउनुबोहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।
  • हङकङको सातौं विकेट पतन, कमललाई सफलता (LIVE)

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको नेपाल विरुद्धको फाइनल खेलमा कङकङले सातौं विकेट गुमाएको छ । उसले ३३ ओभरमा ६१ रन बनाउँदा महत्वपूर्ण सात विकेट गुमाएको हो । हकङकको सातौं विकेट कमलसिंह ऐरीले आउट गर्न सफल भए ।
  • हङकङको छैठौं विकेट पतन, तिलकलाई पहिलो सफलता

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको कङकङ विरुद्धको फाइनल खेलमा नेपालका सागर ढकालले घातक बलिङ गरेको छ । उनले ७ ओभरमा ८ रन दिएर महत्वपूर्ण ५ विकेट लिइसकेका छन् । यस्तै हङकङको छैठौं विकेट तिल भण्डारीले आउट गरेका छन् । उनले आफ्नो २.२ ओभरमा विकेट लिन सफल भएका हुन् ।
  • सागरको घातक बलिङ, हङकङलाई चौथो झड्का (LIVE)

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको कङकङ विरुद्धको फाइनल खेलमा नेपालका सागर ढकालले घातक बलिङ गरेको छ । उनले ६ ओभरमा ६ रन दिएर महत्वपूर्ण ४ विकेट लिइसकेका छन् । कङकङले खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाउन पुगेको थियो ।
  • नेपालको शानदार प्रदर्शन, सागरले लिए हङकङको तेस्रो विकेट (LIVE)

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको कङकङ विरुद्धको फाइनल खेलमा नेपालका सागर ढकालले घातक बलिङ गरेको छ । उनले ५ ओभरमा ६ रन दिएर महत्वपूर्ण तीन विकेट लिइसकेका छन् । कङकङले खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाउन पुगेको थियो । उसले तेस्रो विकेट ४.५ ओभरमा गुमाउन पुग्यो ।
  • सागरको उत्कृष्ट बलिङ, खाता नखोल्दै हङकङलाई दोस्रो झड्का (LIVE)

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको कङकङ विरुद्धको फाइनल खेलमा नेपालले उत्कृष्ट शुरुवात गरेको छ । हङकङले खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाइसकेको छ । कङकङका दुवै विकेट नेपालका स्पिनर सागर ढकालले आउट गरेका हुन् । उनले पहिलो ओभरको चौथो बलमा र तेस्रो ओभरको दोस्रो बलमा विकेट लिन सफल भए । फाइनल खेलमा नेपालले टस जितेर बलिङ रोजेको हो ।
  • नेपाल भर्सेस हङकङः पहिलो ओभरमै सागरले लिए विकेट (LIVE)

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको कङकङ विरुद्धको फाइनल खेलमा नेपालले उत्कृष्ट शुरुवात गरेको छ । नेपालले पहिलो ओभरमै विकेट लिन सफल भएको छ । सागर ढकालले पहिलो ओभरको चौथो बलमा विकेट दिलाउन सफल भए । फाइनल खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ ।
  • नेपालले टस जित्यो, हङकङलाई ब्याटिङको मौका

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनल खेलमा कङकङविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल मलेसियाको किनरारा ओभल मैदानमा भइरहेको छ । श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपको एउटा स्थानका लागि नेपाल र हङकङबीचको विजेताले ठाउँ पाउने छ ।
  • पहिलो सेमिफाइनल भोलि, प्लेइङ ११ मा को–कोले पाउलान् मौका?

    सोमबार, २३ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल अन्तर्गत भोलि (मंगलबार) भारत र न्यूजिल्याण्ड भिड्दै छन् । यी दुई टिमबीचको सेमिफाइनल खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि म्यानचेस्टरमा सुरु हुनेछ । वान डे क्रिकेटको सम्पूर्ण रेकर्ड हेर्ने हो भने भारत बलियो देखिन्छ ।
  • मलेसियाको लज्जास्पद हार, नेपाल फाइनलमा प्रवेश

    सोमबार, २३ असार २०७६     बुलबुल नेपाल

    नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज घरेलु टोली मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
  • नेपाल फाइनल नजिक, ८७ रनमै सेमटियो मलेसिया

    सोमबार, २३ असार २०७६     बुलबुल नेपाल

    एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा मलेसियाले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको मलेसियाले ४०.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८७ रन बनायो । उसका लागि मोहम्मद आमिरले सर्बाधिक २४ रन बनाए । बलिङमा नेपालका सागर ढकालले ३, कुशल मल्लले २, कमलसिंह ऐरी, तिलक भण्डारी र राशिद खानले एकएक विकेट लिए ।
  • जिम्बाबे विरुद्धको सिरिज आयरल्याण्डद्वारा ‘क्लिन स्विप’

    सोमबार, २३ असार २०७६     बुलबुल नेपाल

    जिम्बाबे विरुद्धको एकदिवसीय सिरिज आयरल्याण्डले ३–० ले कब्जा गरेको छ । आइतबार राति सम्पन्न अन्तिम खेलमा ६ विकेटले जीत  निकाल्दै आयरल्याण्डले सिरिज कब्जा गरेको हो । सिरिजको तेस्रो खेलमा जिम्बाबेले दिएको १९१ रनको सामान्य लक्ष्य आयरल्याण्डले ४१.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
  • मलेसियाको सातौं विकेट पतन, तिलकलाई पहिलो सफलता (LIVE)

    सोमबार, २३ असार २०७६     बुलबुल नेपाल

    एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक राष्ट्र मलेसियाविरुद्धको सेमिफाइनल खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले २८.१ ओभरमा ६६ रन दिएर महत्वपूर्ण सात विकेट लिइसकेको छ । यो समाचार तयार पार्दासम्म नेपालका सागर ढकालले ३, कुसल मल्ल, कमलसिंह ऐरी र तिलक भण्डारीले एक–एक विकेट लिइसकेका छन् ।
  • ५० रन बनाउँदा मलेसियाले गुमायो ४ विकेट (LIVE)

    सोमबार, २३ असार २०७६     बुलबुल नेपाल

    एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक राष्ट्र मलेसियाविरुद्धको सेमिफाइनल खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालले १८ ओभरमा ५० रन दिएर महत्वपूर्ण ४ विकेट लिइसकेको छ । यो समाचायर तयार पार्दासम्म नेपालका सागर ढकालले २, कुसल मल्ल र कमलसिंह ऐरीले एकएक विकेट लिइसकेका छन् ।
  • एसीसी यू–१९ इस्टर्नः मलेसियाको दोस्रो विकेट पतन (LIVE)

    सोमबार, २३ असार २०७६     बुलबुल नेपाल

    एसीसी यू– १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक राष्ट्र मलेसियाविरुद्धको सेमिफाइनल खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालले १२ ओभरमा ३८ रन दिएर महत्वपूर्ण २ विकेट लिइसकेको छ । नेपालका लागि कमलसिंह ऐरीले पहिलो ओभरमै विकेट दिलाउन सफल भएका थिए । यस्तै कुसल मल्लले आफ्नो तेस्रो ओभरमा विकेट लिन सफल भए ।