खेलकुद


  • नेपाल भर्सेस मलेसियाः पहिलो ओभरमै कमलले लिए विकेट (LIVE)

    सोमबार, २३ असार २०७६     बुलबुल नेपाल

    एसीसी यू– १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक राष्ट्र मलेसियाविरुद्धको सेमिफाइनल खेलमा उत्कृष्ट सुरुवात गरेको छ । नेपालले पहिलो ओभरमै मलेसियाको विकेट लिन सफल भएको छ । टस जितेर बलिङ रोजेको नेपालले पहिलो ओभरको चौथो बलमै विकेट लिन सफल भएको हो । नेपालले पहिलो विकेट कमलसिंह ऐरीले दिलाएका हुन् ।
  • ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि

    सोमबार, २३ असार २०७६     एजेन्सी

    कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि ब्राजिलले जितेको छ । उसले फाइनलमा पेरुलाई ३–१ ले हराउँदै आइतबार आफ्नै भूमिमा उपाधि जितेको हो । सन् २००७ यता कोपा अमेरिका फुटबलको उपाधि बिहीन रहेको ब्राजिलले घरेलु मैदानमा १२ वर्षपछि ट्रफी उचालेको हो ।
  • वान डे सिरिजः जिम्बाबेद्वारा आयरल्याण्डलाई १९१ रनको लक्ष्य (LIVE)

    आइतबार, २२ असार २०७६     बुलबुल नेपाल

    तीन खेलको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत तेस्रो एवं अन्तिम खेलमा जिम्बाबेले आयरल्याण्डलाई १९१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेर ४६.५ ओभरमा सबै विकेट गुमाएर १९० रन बनायो । उसका लागि सेन विलियम्सले ६ चौकाको मद्दतमा १०३ बलमा सर्बाधिक ६७ रन बनाए ।
  • आयरल्याण्डविरुद्ध टस जितेर ब्याटिङ गर्दै जिम्बाबे (LIVE)

    आइतबार, २२ असार २०७६     बुलबुल नेपाल

    आयरल्याण्ड विरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा जिम्बाबेले टस जितेर ब्याटिङ रोजेको छ । यी दूई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः३० बजेदेखि शुरु भएको छ । सिरिजमा आयरल्याण्ड २–० ले अगाडि छ ।
  • धोनी मेरो करियरका उत्कृष्ट कप्तान हुन्ः सचिन तेन्दुलकर

    आइतबार, २२ असार २०७६     एजेन्सी

    भारतीय क्रिकेट टिमका पूर्व कप्तान एवं विकेटकीपर, ब्याट्सम्यान महेन्द्रसिंह धोनीले ३८औं जन्मदिन इंग्ल्याण्डमा मनाएका छन् । धोनीले पत्नी साक्षी, छोरी जीवा र साथीहरुको साथमा आफ्नो ३८ औं जन्मदिन मनाएका हुन् । उनको जन्म ७ जुलाई १९८१ मा झारखण्डको राँचीमा भएको थियो ।
  • विश्वकपः वार्नरको शतक खेर, दक्षिण अफ्रिका १० रनले विजयी

    आइतबार, २२ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १० रनले पराजित गरेको छ । ३२६ रनको लक्ष्यका साथ मैदान प्रवेश गरेको अष्ट्रेलिया ४९.५ ओभरमा सबै विकेट गुमाएर ३१५ रन मात्र बनाउन सक्यो ।
  • विश्वकप क्रिकेटः श्रीलंकालाई हराउँदै भारत पुग्यो शीर्ष स्थानमा

    आइतबार, २२ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंका विरुद्धको खेलमा भारत ७ विकेटले विजयी भएको छ । शनिबार राति लीड्समा भएको खेलमा रोहित शर्मा र केएल राहुलले शानदार शतक बनाएपछि भारत ७ विकेटले विजयी भएको हो । श्रीलंकाले दिएको २६५ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा भारतले ४३.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
  • विश्वकपमा केएल राहुलको पहिलो शतक

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंका विरुद्धको खेला भारतीय टिमका ओपनर केएल राहुलले शतक बनाएका छन् । उनले ९ चौका र १ छक्काको मद्दतमा १०९ बलमा शतक पूरा गरेका हुन् । विश्वकपमा राहुलको यो पहिलो शतक हो ।
  • दक्षिण अफ्रिकाले दियो अष्ट्रेलियालाई ३२६ रनको लक्ष्य

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ३२६ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२५ रन बनायो ।
  • विश्वकप २०१९ मा रोहित शर्माको पाँचौ शतक

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंका विरुद्ध पनि भारतीय टिमका ओपनर रोहित र्शाले शतक बनाएका छन् । उनले १४ चौका र २ छक्काको मद्दतमा ९२ बलमा शतक बनाएका हुन् । जारी विश्वकपमा रोहितको यो पाँचौ शतक हो ।
  • विश्वकपः अन्तिम खेलमा कप्तान डुप्लेसीले बनाए शतक

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाका कप्तान फाफ डुप्लेसिसले शतक बनाएका छन् । उनले २ छक्का र ७ चौकाको मद्दतमा ९३ बलमा शतक बनाएका हुन् ।
  • विश्वकपः श्रीलंकाविरुद्ध रोहित अर्धशतक, पूरा गर्लान् पाँचौ शतक?

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाविद्ध पनि भारतीय क्रिकेट टिमका उपकप्तान एवं ओपनर रोहित शर्माले अर्धशतक पूरा गरेका छन् ।
  • विश्वकप २०१९ मा कप्तान फाफको चौथो अर्धशतक

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाका कप्तान फाफ डुप्लेसिसले अर्धशतक पूरा गरेका छन् । उनले ४ चौकाको मद्दतमा ५४ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा फाफको यो चौथो अर्धशतक हो ।
  • विश्वकपः अष्ट्रेलियाविरुद्ध क्विन्टनको शानदार अर्धशतक

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाका क्विन्टन डि ककले शानदार अर्धशतक पूरा गरेका छन् । उनले ७ चौकाको मद्दतमा ४४ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा डीकको यो तेस्रो अर्धशतक हो ।
  • विश्वकप क्रिकेटः श्रीलंकाले दियो भारतलाई २६५ रनको लक्ष्य

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आफ्नो अन्तिम खेलमा श्रीलंकाले भारतलाई २६५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६४ रन बनायो । उसका लागि अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्यूजले शतक बनाए । उनले १० चौका र २ छक्काको मद्दतमा १२८ बलमा ११३ रन बनाए ।
  • विश्वकपः अन्तिम खेलमा भारतविरुद्ध एन्जेलो म्याथ्यूजको शतक

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको अन्तिम खेलमा श्रीलंकाका अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्युजले शतक बनाएका छन् । उनले ८ चौका र २ छक्काको मद्दतमा ११५ बलमा शतक बनाएका हुन् । जारी विश्वकपमा एन्जेलोको यो पहिलो शतक हो ।
  • विश्वकपः अन्तिम खेलमा भारतविरुद्ध लाहिरुको अर्धशतक

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको अन्तिम खेलमा श्रीलंकाका अनुभवी ब्याट्सम्यान लाहिरु थिरिमानेले अर्धशतक बनाएका छन् । थिरिमाने ४ चौकाको मद्दतमा ६७ बलमा अर्धशतक पूरा गरेका हुन् ।
  • विश्वकप २०१९ मा एन्जेलोको दोस्रो अर्धशतक

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको अन्तिम खेलमा श्रीलंकाका अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्यूजले अर्धशतक पूरा गरेका छन् । उनले ३ चौकाको मद्दतमा ७६ बलमा अर्धशतक पूरा गरेका हुन् । एन्जेलोले यसअघि इंग्ल्याण्डविरुद्ध अर्धशतक बनाउँदै टिमलाई जिताएका थिए ।
  • विश्वकपः श्रीलंकाले टस जित्यो, भारतलाई बलिङको मौका

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा श्रीलंकाले टस जितेर ब्याटिङ रोजेको छ । सेमिफाइनल दौडबाट बाहिरिसकेको श्रीलंका सुखत अन्त्यका साथ मैदान उत्रिएको छ । भारतले भने अन्तिम ४ मा स्थान बनाउन सफल भएको छ । आज श्रीलंकालाई हराउन सके भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिने छ ।
  • विश्वकपः बाबरले रचे इतिहास, कसको तोडियो कीर्तिमान?

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानका युवा ब्याट्सम्यान बाबर आजमले नयाँ उपलब्धि हासिल गरेका छन् । उनले पाकिस्तानका लागि एकै विश्वकपमा सर्बाधिक रन बनाउने खेलाडी बन्दै नयाँ उपलब्धि हासिल गरेका हुन् ।
  • कस्ता कीर्तिमान बने पाकिस्तान र बंगलादेशको खेलमा?

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने ४ टिमको टुंगो लागेको छ । शुक्रबार बंगलादेश र पाकिस्तानबीचको खेल सकिएसँगै जारी विश्वकपको सेमिफाइनलमा पुग्ने ४ टिमको टुंगो लागेको छ । विश्वकप २०१९ को सेमिफाइनलमा अष्ट्रेलिया, भारत, इंग्ल्याण्ड र न्यूजिल्याण्डले स्थान बनाउन सफल भएका छन् ।
  • थप ६ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    शिक्षक सेवा आयोगले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ६ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले रुकुम, मुस्ताङ, म्याग्दी, कपिलबस्तु, पर्वत र सल्यान जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।
  • विश्वकपः शाकिवको पाँचौ अर्धशतक, बने सर्बाधिक रनकर्ता

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्धको अन्तिम खेलमा पनि बंगलादेशका शाकिव अल हसनले अर्धशतक बनाएका छन् । उनले ५ चौकाको मद्दतमा ६५ बलमा अर्धशतक बनाएका हुन् । जारी विश्वकपमा शाकिवको यो पाँचौ अर्धशतक हो । साथै यो विश्वकपमा उनले २ शतकसमेत बनाइसकेका छन् ।
  • विश्वकप क्रिकेटः सेमिफाइनल पुग्ने पाकिस्तानको सपना समाप्त

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकपको अन्तिम खेलमा पाकिस्तानले दिएको ३१६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले सस्तैमा पहिलो विकेट गुमाएको छ । उसले पहिलो विकेटका रुपमा ५.५ ओभरमा सौम्य सरकार (२२) लाई गुमाएको हो । उनलाई मोहम्मद आमिरले क्याच आउट गराए ।
  • विश्वकपः पाकिस्तानले दियो बंगलादेशलाई ३१६ रनको लक्ष्य

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकपको सेमिफाइनल पुग्ने सपना साकार गर्न खेलिरहेको पाकिस्तानले बंगलादेशलाई ३१६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर३१५ रन बनायो ।