बुलबुल नेपाल https://www.bulbulnepal.com बुलबुल नेपाल - en-US hourly 1 Copyright 2019 Wed, 20 Feb 2019 23:41:27 +0545 यौन दुर्व्यवहारको आरोप लागेका सहायक डीन साह निलम्बित https://www.bulbulnepal.com/news/1248 Wed, 20 Feb 2019 20:31:01 +0545 https://www.bulbulnepal.com/news/1248 त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका सहायक डिन बौबालाल साहलाई सत्ता पक्षका विद्यार्थी संगठनहरुले कालोमोसो दलेका छन् । काठमाडौं, फागुन ८ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साह निलम्बित भएका छन् । उनलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन गरेको हो ।

 

यौन दुर्व्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहीन तथा निन्दनीय कार्य गरेको भन्दै विश्वविद्यालयको कुनै पनि कामकाज गर्ननपाउने गरी सहायक डीन पदबाट निलम्बन गरिएको बताइएको छ । यसैबीच, त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका सहायक डिन बौबालाल साहलाई सत्ता पक्षका विद्यार्थी संगठनहरुले कालोमोसो दलेका छन् । एक जना छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै अखिल क्रान्तिकारी र अनेरास्वीयुका कार्यकर्ताहरूले सहायक डिन साहलाई बुधवार कालोमोसो दलेका हुन् ।

 

बुधवार शैक्षिक प्रमाणपत्रका लागि त्रिभुवन विश्वविद्यालयमा आइरहेको बेला सहायक डिन साहले ती छात्रालाई यौन दुर्व्यवहार गरेकाआरोप छ। बर्दिया घर भएकी ती छात्राले शिक्षाशास्त्र संकायको डिन कार्यालयमा साह विरुद्ध उजुरी दिएकी छन्।

]]>
नेपालका ४ खेलाडी क्रिकेट खेल्न अमेरिका जाँदै https://www.bulbulnepal.com/news/1247 Wed, 20 Feb 2019 16:07:41 +0545 https://www.bulbulnepal.com/news/1247 नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशी मेरिका जाने भएका छन् । उनीहरु ‘टु एक्स क्रिकेट’ प्रतियोगिता खेल्न अमेरिका जाने भएका हुन्। काठमाडौं, फागुन ८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशी मेरिका जाने भएका छन् । उनीहरु ‘टु एक्स क्रिकेट’ प्रतियोगिता खेल्न अमेरिका जाने भएका हुन्।

 

उनीहरु प्रतियोगितामा सोमपालले कप्तानी सम्हाल्ने नेपाली राइनोज टोलीबाट खेल्नेछन्। अहिलेसम्म सोमपालको अमेरिका जाने टुंगो भइसकेको छ भने धनगढी प्रिमियर लिगमा व्यस्त भएकाले बाँकी तीन जनाको भिसाको अन्तर्वार्ता हुन सकेको छैन। नेपाली राइनोज अमेरिकाको टेक्सासमा बस्ने पूर्वक्रिकेटर र समर्थकले स्थापना गरेको टोली हो।  आगामी मार्च २० देखि २४ सम्म हुने प्रतियोगिताको विजेता टोलीले ५० लाख रूपैयाँ पुरस्कार पाउने छ। 

 

प्रतियोगिताको अघिल्लो संस्करणमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सुवास खकुरेल, पृथु बाँस्कोटा, सोमपाल कामी र बसन्त रेग्मी सम्मलित राइनोज टोलीले उपाधि नै जितेको थियो। यसपटक भने क्लबले युवा खेलाडीलाई मात्र अमेरिका आउने निम्तो दिएको छ। बजेटको अभावले गर्दा धेरै खेलाडी लिन नसकेको क्लबले जनाएको छ। प्रतियोगितामा विभिन्न देशबाट १६ टोलीको सहभागिता रहनेछ।  

]]>
दिपेन्द्र ऐरीको अत्तरिया डीपीएलको फाइनल प्रवेश https://www.bulbulnepal.com/news/1246 Wed, 20 Feb 2019 15:42:28 +0545 https://www.bulbulnepal.com/news/1246 सीवाइसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनल प्रवेश गरेको छ । ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्सलाई ४१ रनले हराउँदै अत्तरिया फाइनल प्रवेश गरेको हो । काठमाडौं, फागुन ८ । सीवाइसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनल प्रवेश गरेको छ । ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्सलाई ४१ रनले हराउँदै अत्तरिया फाइनल प्रवेश गरेको हो । 

 

अत्तरियाको तर्फबाट कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै, सन्नी पटेल २८, सुबेन्दु पाण्डे १६, जयकिसन कोल्सावाला १३, जितेन्द्रसिंह ठकुरी ६ र सन्दीप जोरा ३ रनमा आउट भए। ऋत गौतम शुन्यमा आउट भए। कमलसिंह ऐरी र भुवन कार्की नट आउट रहे।  

 

बलिङतर्फ काठमाडौंका अंकित दबास र सूर्य तामाङले २र२ विकेट लिए भने रसिद खान र योगेन्द्रसिंह कार्कीले १-१ विकेट लिए। यो खेल जित्ने टोली शनिबार हुने फाइनलमा पुग्ने छ भने पारजित टोली बिहीबार हुने पहिलो इलिमिनेटरको विजेतासँग शुक्रबार दोस्रो क्वालिफायर्स खेल्ने छ। मंगलबार भएको लिग चरणको अन्तिम खेलमा अत्तरियाले काठमाडौंलाई ७ विकेटले हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा रहको थियो भने काठमाडौं दोस्रो स्थानमा रहेको थियो। 

]]>
हरभजन भन्छन्, ‘इंग्ल्याण्डमा पाकिस्तानसँग विश्वकप नखेलौं’ https://www.bulbulnepal.com/news/1245 Wed, 20 Feb 2019 09:37:22 +0545 https://www.bulbulnepal.com/news/1245 भारतीय बलर हरभजन सिंहले आउँदो विश्वकप क्रिकेटमा भारतले पाकिस्तानसँग खेल्न नहुने बताएका छन्। पुलुवामा आतंकवादी हमलापछि बेलायतमा हुने विश्वकपमा भारतले पाकिस्तानसँग खेल्न नहुने बताएका छन् । तर, भारतिय क्रिकेट बोर्डले भने हरभजनको उक्त सम्भव नहुने बताएको छ। काठमाडौं, फागुन ८ । भारतीय बलर हरभजन सिंहले आउँदो विश्वकप क्रिकेटमा भारतले पाकिस्तानसँग खेल्न नहुने बताएका छन्। पुलुवामा आतंकवादी हमलापछि बेलायतमा हुने विश्वकपमा भारतले पाकिस्तानसँग खेल्न नहुने बताएका छन् । तर, भारतिय क्रिकेट बोर्डले भने हरभजनको उक्त सम्भव नहुने बताएको छ।

 

हरभजनले पाकिस्तानसँग सो म्याच नखेलेपनि भारत विश्वकप जित्ने बलियो अवस्थामा रहेको बताएका थिए। उनले देशको वर्तमान अवस्थामा क्रिकेट खेलाडी पनि देशसँगै उभिनु तर्क राखेका थिए। यस्तो नगरे हाल चलिरहेको अवस्था चलिनै रहने धारणा राखेका थिए। उनले क्रिकेटसँगै अरू खेलमा पनि यस्तै रवैया अपनाउनुपर्ने बताएको भारतिय संचारमाध्यमले जनाएका छन्।
 

त्यस्तै अन्तराष्ट्रिय क्रिकेट परिषदले पनि मंगलबार त्यस्तो कुनै सम्भावना नरहेको बताएको छ। जुन १६ मा भारत र पाकिस्तान एकअर्कासँग भिड्दैछन्। स्मरणिय रहोस हरभजनले यस्तो बताए पनि सन् १९९९ मा  कारिगल युद्धको चरम अवस्थामा पनि भारत र पाकिस्तानले इकअर्कासँग विश्वकप खेलेका थिए। यो पटकको विश्वकप ३० मेमा इग्ल्याण्डमा हुँदैछ ।  

]]>
डीपीएलः फाइनल प्रवेशका लागि काठमाडौं र अत्तरिया भिड्दै https://www.bulbulnepal.com/news/1244 Wed, 20 Feb 2019 09:22:26 +0545 https://www.bulbulnepal.com/news/1244 धनगढी प्रिमियर लिग (डीपीएल) मा फाइनल प्रवेशका लागि आज काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरिया भिड्दै छन् । फाप्ला क्रिकेट मैदानमा डीपीएलको पहिलो क्वालिफायर खेलमा फाइनल प्रवेशका लागि काठमाडौं र अत्तरिया भिड्न लागेका हुन् । खेल दिउँसो १२ः ३० बजे सुरु हुनेछ । काठमाडौं, फागुन ८ । धनगढी प्रिमियर लिग (डीपीएल) मा फाइनल प्रवेशका लागि आज काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरिया भिड्दै छन् । फाप्ला क्रिकेट मैदानमा डीपीएलको पहिलो क्वालिफायर खेलमा फाइनल प्रवेशका लागि काठमाडौं र अत्तरिया भिड्न लागेका हुन् । खेल दिउँसो १२ः ३० बजे सुरु हुनेछ ।

 

दुवै टिम जित हात पार्दै फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियासँग लिग चरणको खेलमा भने पराजित भएको थियो । लिग राउण्डको अन्तिम खेलमा काठमाडौं अत्तरियासँग सात विकेटले पराजित भएको थियो ।

 

लिग चरणमा ७५ रनमै अलआउट भएको काठमाडौंको क्वालिफायर राउण्डमा भने अत्तरियालाई बदला लिदै फाइनलमा पुग्ने लक्ष्य छ । यता अत्तरिया भने लिग राउण्डमा जस्तै नतिजा निकाल्दै फाइनल पुग्ने दाउँमा छ । 

]]>
नेपाल आइडलको टोली आज नेपाल फर्किदै https://www.bulbulnepal.com/news/1243 Wed, 20 Feb 2019 09:04:49 +0545 https://www.bulbulnepal.com/news/1243 झण्डै एक महिने अष्ट्रेलिया टूर सकाउँदै नेपाल आइडल सिजन–२ को टोली आज स्वदेश फर्किदै छ । आइडल रवि ओडले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन्, ‘करिब एक महिना अष्ट्रेलियाको सांगीतिक टूर पश्चात आज हामी नेपाल आइडल टिमसहित स्वदेश (नेपाल) फर्किदै छौं ।’ काठमाडौं, फागुन ८ । झण्डै एक महिने अष्ट्रेलिया टूर सकाउँदै नेपाल आइडल सिजन–२ को टोली आज स्वदेश फर्किदै छ । आइडल रवि ओडले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन्, ‘करिब एक महिना अष्ट्रेलियाको सांगीतिक टूर पश्चात आज हामी नेपाल आइडल टिमसहित स्वदेश (नेपाल) फर्किदै छौं ।’ 

 

उनले अष्ट्रेलियामा साथ दिने सबैप्रति आभारसमेत व्यक्त गरेका छन् । रविले भनेका छन्, ‘अष्ट्रेलियाका विभिन्न शहर– पर्थ, बिस्रबर्न, मेलबर्न, होबर्टलगायतमा पुग्ने अवसर दिने नेपाल आइडल, कार्यक्रम आयोजक टिम, सञ्चारकर्मी र सम्पूर्ण दशर्क–स्रोतालाई हार्दिक धन्यवाद ।’

 

विश्व भ्रमण तालिका अनुसार एक महिना अघि नेपाल आइडल रविसहित अष्ट्रेलिया गएका थिए । विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी सहभागी छन् ।

]]>
न्यूजिल्याण्डद्वारा ३३१ रनको लक्ष्य, ‘क्लिन स्विप’बाट जोगिएला बंगलादेश https://www.bulbulnepal.com/news/1242 Wed, 20 Feb 2019 07:26:42 +0545 https://www.bulbulnepal.com/news/1242 न्यूजिल्याण्ड विरुद्धको एकदिसीय सिरिज अन्तर्गत अन्तिम तथा तेस्रो खेलमा बंगलादेशले ३३१ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३३० रन बनायो । काठमाडौं, फागुन ८ । न्यूजिल्याण्ड विरुद्धको एकदिसीय सिरिज अन्तर्गत अन्तिम तथा तेस्रो खेलमा बंगलादेशले ३३१ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३३० रन बनायो ।

 

उसका लागि रोस टेलरले ६९, हेरि निकोलसले ६४, टम लाथमले ५९, जेम्स नीशमले ३७, कोलिन डि ग्रान्डहोमले नटआउट ३७, मार्टिन गुप्टिलले २९, मिचेल सान्टनेरले नटआउट १६ र कोलिन मुनरोले ८ रन बनाए । 

 

बलिङमा बगलादेशका मुस्ताफिजुर रहमानले २, मुसरुफे मुर्तुजा, रुबेल हुसेन, मोहम्मद सैफउद्दिन, मेहदी हसन मिराजलले एक–एक विकेट लिए । यसअघिका २ खेल जितेर सिरिजमा न्यूजिल्याण्ड २–० ले अगाडि छ । बंगलादेश आज ‘क्लिन स्विप’बाट जोगिनका लागि प्रयासरत छ । 

]]>