नेपाल आइडल रवि ओड अष्ट्रेलियामा रम्दै–रमाउँदै

बुलबुल नेपाल    

नेपाल आइडल रवि ओड अष्ट्रेलियामा रम्दै–रमाउँदै

काठमाडौं, माघ १३ । नेपाल आइडल सिजन २ का विजेता रवि ओड अहिले अष्ट्रेलिया भ्रमणमा छन् । उनी त्यहाँका विभिन्न शहरमा अष्ट्रेलियामा बस्दै आएका नेपालीसँग रमाइरहेका छन् । रवि आइडल घोषित भएपछि दैनिकी निकै फेरिएको छ । कामको चापले उनी फूर्सद नै निकाल्न पाएका छैनन् । तर, अष्ट्रेलियामा भने आफूलाई व्यस्त राख्दै रमाइरहेका पनि छन् । 
 
रविसँगै आइडलका अन्य प्रतिस्पर्धी पनि रविसँगै अष्ट्रेलियामा छन् । त्यहाँ उनीहरु घुमघामसँगै कार्यक्रममा व्यस्त छन् । यसैबीच, नेपाल आइडल रविले अष्ट्रेलिया पुगेपछि आफ्नो पहिलो तस्वीर सार्वजनिक गरेका छन् । 



आइतबार, १३ माघ २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...