मलेसियामा हदैसम्मको श्रम शोषण, मजदुरहरु आन्दोलित

उमेश बन्जाडे    

मलेसियामा हदैसम्मको श्रम शोषण, मजदुरहरु आन्दोलित

क्वालालम्पुर, माघ १५ । मलेसियाको  मलेसियाको ‘डब्लूआरपी’ कम्पनिमा कार्यकरत मजदुरहरु आन्दोलित भएका छन् । तीन महिनादेखिको पारिश्रमिक नपाएपछि नेपाल लगायतका मुलुकका करिब तिन हजार मजदुर अहिले आन्दोलित भएका हुन् । 


आफूहरुलाई हदैसम्मको श्रम शोषण गरेको, कम्पनिलाई पटकपटक सचेत गराउँदासमेत बेवास्ता गरेपछि हिजोदेखि आन्दोलन गर्न बाध्य भएको त्यस कम्पनीमा कार्यरत मजदुरले जानकारी दिएका छन् । 

मलेसियाको सेलेङ्गोर राज्य अन्तर्गत सेपाङमा अवस्थित उक्त कम्पनिमा हाल बाह्र सयको हाराहारीमा नेपाली मजदुरहरु कार्यरत रहेका छन् । नेपालसहित भारत, बंगलादेश, इन्डोनेशिया, भियतनाम  र म्यानमारलगायत देशका करिब तीन हजार मजदुरहरु यतिबेला काम ठप्प पारेर प्रदर्शन गरिरहेका छन् । अहिले वस्तुस्थिति बुझ्न नेपाली राजदुतावासका प्रतिनिधि त्यसतर्फ लागेको  जानकारी पाइएको छ। 

नेपालबाट चर्को मूल्यमा विभिन्न आश्वासन देखाएर यहाँ ल्याउने र समयमै पारिश्रमिक नदिने कम्पनिहरु मलेसियामा थुप्रै छन् । अझ अन्यत्र भन्दा  सेक्युरिटी कम्पनिमा यो बेथिति व्याप्त रहेको देखिन्छ।  यद्यपि मजदुरहरुले धेरैपटक गुनासो गर्दासमेत यस विषयमा मलेसिया स्थित नेपाली राजदुतावास बेखबर जस्तै बनेको छ। 



मङ्गलबार, १५ माघ २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...