सासु–बुहारीमा पनि राजनीति आयो ! [गजल]

बुलबुल नेपाल    

सासु–बुहारीमा पनि राजनीति आयो ! [गजल]

राजनीति !

गाउँ–शहर, टोल–टोलमा राजनीति आयो ।
बच्चादेखि बुढासम्म पनि राजनीति आयो !!

दुई जना घरमा झगडा हुँदा पनि आजभोलि ।
हेर्नुस् सासु र बुहारीमा पनि राजनीति आयो !!

हाम्रो पवित्र मन्दिर विद्यालय भन्छन् जबकी।
सरको पढाउने शैलीमा पनि राजनीति आयो !!

परिक्षामा पास भएर मौखिक आएको थियो ।
इसाराले टेबुल तलबाट पनि राजनीति आयो !!

कसैको विहा र कसैको मृत्यु भएको दिनमा ।
जन्ती जाँदा मलामीमा पनि राजनीति आयो !!

दिनेश राज पाठक
गोदावरी नगरपालिका–६, लालपुर 
हाल– धनगढी

यी पनि पढ्नुहोस्

– ‘बाले झाप्पड हान्दा आमालाई भन्दिनु है’

-कहिल्यै नखेल्ने मान्छे तासमा देखियो ! (गजल)

-दिनेश पाठकको दमदार गजल !

-जनतालाई गोली ठोक्ने स्वीकृति आयो ! [गजल]

-मात्रै दुब्लीन अब, एक गाला बाँकी छ ! [गजल]



शनिबार, १९ माघ २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...