आज तपाइँको दिन कस्तो ? (हेर्नुस् राशिफल)

राशिफल

उपप्रा. लक्ष्मीप्रसाद बराल    

आज तपाइँको दिन कस्तो ? (हेर्नुस् राशिफल)

वि.सं. २०७५ साल भदौ २ गते, शनिबार। इश्वी सन् २०१८ अगस्ट १८ तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि-अष्टमी, २९ः१४ बजेउप्रान्त नवमी।

मेष- घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। 

बृष- स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। 

मिथुन- श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। 

कर्कट- परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। 

सिंह- छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। 

कन्या- विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ।

तुला- तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। 

बृश्चिक- खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको विश्वास गर्दा धोका हुन सक्छ। 

धनु- परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। 

मकर- तारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। 

कुम्भ- काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। 

मीन- समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। -नेपाली पात्रो



शनिबार, ०२ भदौ २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...