डीपिएलः सोमपालको टोलीले काठमाडौंलाई दियो १३३ रनको लक्ष्य [LIVE]

धनगढी प्रिमियर लिग

बुलबुल नेपाल    

डीपिएलः सोमपालको टोलीले काठमाडौंलाई दियो १३३ रनको लक्ष्य  [LIVE]

काठमाडौं, माघ २८ । धनगढी प्रिमियर लिग (डीपिएल) को पहिलो खेलमा धनगढी स्टार्सले काठमाडौं गोल्डेन्सलाई १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनायो ।

 

उसका लागि अमित श्रेष्ठले सर्बाधिक ५० रन प्रहार गरे । यस्तै, बलिङमा काठमाडौंका नन्दन यादवले दुई, ललितनारायण राजवंशी र अंकित डबासले समान एक-एक विकेट लिए । काठमाडौंको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन् । यो टोलीमा उनी बाहेक गौरव तोमार, ललितनारायण राजवंशी, राशिद खान, कुशल भुर्तेल, अनिल कुमार शाह, योगेन्द्रसिंह कार्की, अंकति दबाबसलगायतका खेलाडी छन् । यस्तै, धनगढीमा सोमपाल कामी (कप्तान), रोहन मुस्तफा, अमित श्रेष्ठ, सुनिल धमाला, शौरभ खनाल, राजु रिजाल, आमिर हायात, पवन श्राफ, हरि चौहान, विपिन खत्रीलगायत खेलाडी छन् । 

 

यस्तै, आजै हुने दोस्रो खेलमा महेन्द्रनगर युनाइटेट र रुपन्देही च्यालेन्जबीच हुनेछ।  फागुन ११ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रोले ४ लाख र चौथो स्थानमा रहनेले २ लाख प्राप्त गर्नेछन्।

 

यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता पाउनेछ। प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था हुने आयोजकले जनाएको छ।



सोमबार, २८ माघ २०७५ मा प्रकाशित

Tags : #DPL #Cricket

प्रतिकृया दिनुहोस


Loading...