डीपिएलः उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौं विजयी

धनगढी प्रिमियर लिग

बुलबुल नेपाल    

डीपिएलः उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौं विजयी

काठमाडौं, माघ २८ । आजदेखि धनगढीको फाफ्ला क्रिकेट मैदानमा शुरु भएको धनगढी प्रिमियर लिग (डीपिएल) को उद्घाटन खेलमा धनगढी स्टार्सलाई ४ विकेटले हराउँदै काठमाडौं गोल्डेन्स विजयी भएको छ ।

 

धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९.५ ओभरमा पूरा गर्यो । उसका लागि अंकित डमासले २९, गौरव तोमारले २८, अनिलकुमार शाहले २४, महबुब आलम (नट आउट) ले १२ र बिक्रम भुषाल (नट आउट) ले १४ रन प्रहार गरे । बलिङमा धनगढीका रोहन मुस्तफाले ४, आमिर हायात र विपिन खत्रीले समान एक-एक विकेट लिए ।

 

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३३ रन बनायो । उसका लागि अमित श्रेष्ठले सर्बाधिक ५० रन प्रहार गरे । यस्तै, बलिङमा काठमाडौंका नन्दन यादवले दुई, ललितनारायण राजवंशी र अंकि डबासले समान एक-एक विकेट लिए ।

 

काठमाडौंको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन् । यो टोलीमा उनी बाहेक गौरव तोमार, ललितनारायण राजवंशी, राशिद खान, कुशल भुर्तेल, अनिल कुमार शाह, योगेन्द्रसिंह कार्की, अंकित डबासलगायतका खेलाडी छन् । यस्तै, धनगढीमा सोमपाल कामी (कप्तान), रोहन मुस्तफा, अमित श्रेष्ठ, सुनिल धमाला, शौरभ खनाल, राजु रिजाल, आमिर हायात, पवन श्राफ, हरि चौहान, विपिन खत्रीलगायत छन् । 



सोमबार, २८ माघ २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...