डीपिएलः रुपन्देहीले टस जितेर ब्याटिङ रोज्याे, यी हुन् दुवै टोलीका स्टार [LIVE]

धनगढी प्रिमियर लिग

बुलबुल नेपाल    

डीपिएलः रुपन्देहीले टस जितेर ब्याटिङ रोज्याे, यी हुन् दुवै टोलीका स्टार [LIVE]

काठमाडौं, माघ २८ । आजदेखि धनगढीको फाफ्ला क्रिकेट मैदानमा शुरु भएको धनगढी प्रिमियर लिग (डीपिएल) को दोस्रो खेलमा अहिले महेन्द्रनगर युनाइटेड र रुपेन्देही च्यालेन्जर्स भिड्दै छन् । रुपन्देहीले टस जितेर ब्याटिङ रोजेको छ ।

 

महेन्द्रनगरमा शरद भेषवाकर (कप्तान), अविनाश बोहरा, आरिफ शेख, अमरसिंह रौटेला, सागर ढकाल, दिलीप नाथ, मोहम्मद नाभिद (विदेशी), रोहित पौडेल, साहब आलम, सन्तोष भट्ट, सिद्धान्त लोहनी, कुशल मल्ललगायत छन् ।

 

यस्तै, रुपन्देहीमा बसन्त रेग्मी (कप्तान), ललितसिंह भण्डारी, प्रदीप ऐरी, सन्दीप सुनार, विनोद भण्डारी, सुमित महर्जन, कृष्ण कार्की, बिक्रम सोव, भीम सार्की, पुनित मेहरा (विदेशी) र बाबर हायात (विदेशी) लगायत खेलाडी छन् । यसअघि, उद्घाटन खेलमा धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौं विजयी भएको छ ।

 



सोमबार, २८ माघ २०७५ मा प्रकाशित

Tags : #DPL #Cricket

प्रतिकृया दिनुहोस


Loading...