डीपिएलः रुपन्देहीले दियो महेन्द्रनगरलाई ११२ रनको चुनौति

धनगढी प्रिमियर लिग

बुलबुल नेपाल    

डीपिएलः रुपन्देहीले दियो महेन्द्रनगरलाई ११२ रनको चुनौति

काठमाडौं, माघ २८ । आजदेखि धनगढीको फाफ्ला क्रिकेट मैदानमा शुरु भएको धनगढी प्रिमियर लिग (डीपिएल) को दोस्रो खेलमा रुपेन्देही च्यालेन्जर्सले  महेन्द्रनगर युनाइटेडलाई ११२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

टस जितेर पहिला ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १११ रन मात्र बनान सक्याे । उसका लागि सुमित महर्जनले २७, विनोद भण्डारी १९, बाबर हायात १४, सन्दीप सुनारले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन फिक्का रह्यो । बलिङमा अविनाश बोहरा र सागर ढकालले दुई-दुई, सिद्धान्त लोहनी ३ र शरद भेषवाकरले एक विकेट लिए ।

 

महेन्द्रनगरमा शरद भेषवाकर (कप्तान), अविनाश बोहरा, आरिफ शेख, अमरसिंह रौटेला, सागर ढकाल, दिलीप नाथ, मोहम्मद नाभविद (विदेश), रोहित पौडेल, साहब आलम, सन्तोष भट्ट, सिद्धान्त लोहनी, कुशल मल्ललगायत छन् ।

रुपन्देहीमा बसन्त रेग्मी (कप्तान), ललितसिंह भण्डारी, प्रदीप ऐरी, सन्दीप सुनार, विनोद भण्डारी, सुमित महर्जन, कृष्ण कार्की, बिक्रम सोव, भीम सार्की, राजा अलि दार (विदेशी) र बाबर हायात (विदेशी) लगायत खेलाडी छन् ।



सोमबार, २८ माघ २०७५ मा प्रकाशित

Tags : #DPL #Cricket

प्रतिकृया दिनुहोस


Loading...