डीपीएलमा रुपन्देहीको रोमाञ्चक जीत, महेन्द्रनगर २ रनले चुक्यो

धनगढी प्रिमियर लिग

बुलबुल नेपाल    

डीपीएलमा रुपन्देहीको रोमाञ्चक जीत, महेन्द्रनगर २ रनले चुक्यो

काठमाडौं, माघ २८ । धनगढीको फाफ्ला क्रिकेट मैदानमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडलाई २ रनले हराउँदै रुपन्देही च्यालेन्जर्स विजयी भएको छ । रुपन्देहीले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा महेन्द्रगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि एस आनन्दले सर्बाधिक २५, रोहित कुमार पौडेलले २४, मोहम्मद नाभिदले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहेन । बलिङमा रुपन्देहीका बिक्रम सोबले ३, पुनित मेहराले २, बसन्त रेग्मी, कृष्ण कार्की र ललितसिंह भण्डारीले एक-एक विकेट लिन सफल भए । यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको रुपेन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १११ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि सुमित महर्जनले २७, विनोद भण्डारी १९, बाबर हायात १४, सन्दीप सुनारले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन फिक्का रह्यो । बलिङमा अविनाश बोहरा र सागर ढकालले दुई-दुई, सिद्धान्त लोहनी ३ र शरद भेषवाकरले एक विकेट लिए ।

 

महेन्द्रनगरमा शरद भेषवाकर (कप्तान), अविनाश बोहरा, आरिफ शेख, अमरसिंह रौटेला, सागर ढकाल, दिलीप नाथ, मोहम्मद नाभविद (विदेश), रोहित पौडेल, साहब आलम, सन्तोष भट्ट, सिद्धान्त लोहनी, कुशल मल्ललगायत छन् ।

रुपन्देहीमा बसन्त रेग्मी (कप्तान), ललितसिंह भण्डारी, प्रदीप ऐरी, सन्दीप सुनार, विनोद भण्डारी, सुमित महर्जन, कृष्ण कार्की, बिक्रम सोव, भीम सार्की, राजा अलि दार (विदेशी) र बाबर हायात (विदेशी) लगायत खेलाडी छन् ।



सोमबार, २८ माघ २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...