दौरा–सुरुवाल लगाएर बाबुराम भन्छन् ‘देश अनुसारको भेष’

बुलबुल नेपाल    

दौरा–सुरुवाल लगाएर बाबुराम भन्छन् ‘देश अनुसारको भेष’

काठमाडौं, फाुगन ९ । विकासको अवधारण बुझ्दै–बुझाउँदै मध्यपहाडी राजमार्ग हुँदै चिवाभञ्ज्याङ पाँचथरदेखि बैतडीको झुलाघाटसम्मको यात्रामा निस्किएका पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पहिलो पटक दौरासुरुवाल लगाएका छन् । रुकुम पश्चिमको चौरजहारीबाट भेरी नदी पार गरेपछि उनले दौरासुरुवाल लगाएका हुन्। खस जातिको उद्गमस्थल कर्णाली प्रवेश गरेकाले दौरासुरुवाल लगाएको यात्रामासँगै सहकी नेतृ हिसिला यमीले बताइन्।
 

‘खस जातिको उत्पत्ति भएको प्रदेशमा कार्यक्रम भएकाले बाबुरामले दौरासुरुवाल लगाउनु भएको हो’ उनले भनिन्, ‘यसअघि उहाँले कहिलै दौरासुरुवाल लगाउनु भएको थिएन।’ भट्टराईका लागि दौरासुरुवाल काठमाडौंको असनबाट किनेको उनले जानकारी दिइन्। ‘कर्णाली प्रदेशमा यात्रामा हुँदासम्म उहाँले दौरासुरुवाल लगाउनु हुनेछ,’ उनले भनिन्। एक महिने यात्राका क्रममा २४ औ दिनमा उनी कर्णालीको जाजरकोट पुगेका हुन्। खसआर्य क्षेत्रको पहिरनको पहिचान भएको भन्दै भट्टराईले कर्णाली क्षेत्रभर दौरासुरुवालमै यात्रा गर्ने बताएका छन् । जाजरकोटमा भएको अन्तरक्रियामा बोल्दै भट्टराईले नेपालमा इन्द्रेणि राष्ट्रियता रहेको बताए ।

 

ठाउँ, समुदाय, क्षेत्र अनुसार आ–आफ्नै भेषभुषा रहेको भन्दै उनले खस क्षेत्रमा पुगेपछि खसबासीको पहिरन लगाएको बताए । ‘देशमा रंगीविरंगि भेषभुषा छन्, सबैको भेष भुषाको आ–आफ्नै महत्व तथा पहिचान छ,’ भट्टराईले भने, त्यसैले खस क्षेत्रको यात्राको त्रममा यही क्षेत्रको भेषभुषा लगाएँ, यो खस क्षेत्री समुदायको सम्मान पनि हो ।’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।



बिहिबार, ०९ फागुन २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...