दिनेश पाठकको अर्को दमदार गजल !

बुलबुल नेपाल    

दिनेश पाठकको अर्को दमदार गजल !

                           [गजल]

नपढेका मान्छे अरू देशमा चमत्कारी बन्दैछन्।
पढे लेखेका मान्छे नेपालमा बलात्कारी बन्दैछन्।।

कोही हिमाल कोही पहाड कोही तराई टुक्राएर ।
एकजुट बन्नुपर्ने ठाँउमा यहाँ आतंकारी बन्दैछन् ।।

सत्य-तथ्य हेरी क्षमताको उचित कदर गर्नुपर्ने हो।
नेताहरू आफै हाकिम आफै कर्मचारी बन्दैछन् ।।

रोजगारको लागि निकै दौडधुप चलिरहेको बेला।
आफ्नो सिकारले आफै उनी ब्रह्मचारी बन्दैछन्।।

आफै फोहोर फाल्ने अनि सफा नगर्ने मानिस पनि।
त्यै फोहोर उठाउन अहिले कल्याणकारी बन्दैछन्।।
दिनेश राज पाठक, कैलाली

 

यी पनि पढ्नुहोस्

सासु–बुहारीमा पनि राजनीति आयो ! [गजल]

– ‘बाले झाप्पड हान्दा आमालाई भन्दिनु है’

-कहिल्यै नखेल्ने मान्छे तासमा देखियो ! (गजल)

-दिनेश पाठकको दमदार गजल !

-जनतालाई गोली ठोक्ने स्वीकृति आयो ! [गजल]

-मात्रै दुब्लीन अब, एक गाला बाँकी छ ! [गजल]



आइतबार, २६ फागुन २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...