भारतलाई लगातार झड्का, सिरिज जित्न कठिन

बुलबुल नेपाल    

भारतलाई लगातार झड्का, सिरिज जित्न कठिन

काठमाडौं, फागुन २९ । एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा अष्ट्रेलियाले दिएको २७३ रनको लक्ष्य पछ्याउने क्रममा भारतले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा भारतले विजय शंकरलाई १६ रनमा गुमाएको हो । उनलाई एडम जाम्पाले आउट गरे ।

 

यसअघि, शिखर धवन १२, विराट कोहली २०, रिसभ पन्त १६ रनमा आउट भए । आज टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २७२ बनायो । उसका लागि उश्मान ख्वाजाले १००, पीटर ह्यान्सकमले ५५, कप्तान आरोन फिंचले २७, मार्कस स्टोनिस, एश्टन टर्नरले २०—२०, प्याट कमिन्सले १५ र जय रिजडसनले  २९ रन बनाए । बलिङमा भारतका भुवनेश्वर कुमारले ३, मोहम्मद सामी, रविन्द्र जडेजाले दुई—दुई र कुलदीप यादवले एक विकेट लिए ।

 

पाँच खेलको सिरिजमा दुवै टिमले दुई—दुई खेलमा जित निकालेको छ । निर्णायक खेलमा आज भारतले एक र अष्ट्रेलियाले दुई खेलाडी परिर्वतन गरेको छ । अष्ट्रेलियाले मार्कस स्टोनिस र नाथन लायनले आज टिममा समावेश गरेको छ । उसले शन मार्स र जोसन बेहनड्रफलाई आराम दिएको छ । यस्तै, भारतले पनि आजको खेलमा २ खेलाडी परिर्वतन गरेको छ । उसले केएल राहुलको स्थानमा रविन्द्र जडेजा र युजवेन्द्र चहलको ठाउँमा मोहम्मद सामीलाई मौका दिइएको हो ।



बुधबार, २९ फागुन २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...