गायक नरेश जोगीको ‘माया बस्यो लै लै’ बजारमा (भिडियोसहित)

बुलबुल नेपाल    

गायक नरेश जोगीको ‘माया बस्यो लै लै’ बजारमा (भिडियोसहित)

काठमाडौं, फागुन ३० । गायक नरेश जोगीकाे नयाँ नेपाली ‘डान्सिङ नम्बर’ सार्वजनिक भएको छ । गायक जोगीको ‘माया बस्यो लै लै..’ बोलको गीत सार्वजनिक भएको हो । यो गीतमा उनलाई गायिका शिक्षा ढुंगेल स्वरमा साथ दिएकी छन् ।

 

गायक जोगीकै शब्द र संगीत रहेको गीतमा विशाल निरौलाको म्यूजिक एरेन्ज छ। गीतको भिडियोमा नेपाली ठिटोजको डान्स क्रुसहित भारतको चर्चित रियोलिटी शो ‘डान्स इन्डिया डान्स’बाट चम्किएका नेपालीभाषी सुनिल क्षेत्री र पहिलो बुगीवुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीको गज्जब नृत्यु छ । 

 

ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियो विकास ज्ञवालीको सम्पादन गरेका छन् । यस्तै, भिडियोको  कोरियोग्राफी  निश्चल केसीले र भिडियो शिशिर केसी निर्देशनले गरेका हुन्।
 



बिहिबार, ३० फागुन २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...