‘हुने नहुने देख्छन् यी आँखाले अचम्म लाग्छ’ (गजल)

बुलबुल नेपाल    

‘हुने नहुने देख्छन् यी आँखाले अचम्म लाग्छ’ (गजल)

                     गजल

हुने नहुने देख्छन् यी आँखाले अचम्म लाग्छ।
गोरो भएछ जो  थियो काले अचम्म लाग्छ !
 
छोरो रवाफ देखाएर शहर डुलिरहेछ ए हजुर 
गाउँमा चप्पलै पाएनन्  बाले अचम्म लाग्छ !

एउटा कुटिरोमा सपनाहरु अर्कोमा रहरहरु 
के थिए के बनायो बाध्यताले अचम्म लाग्छ !
 
भिखारी  मन्दिर  अगाडि हात थापिरहेथ्यो 
ती मान्छेले दूध ढुंगामा फाले अचम्म लाग्छ !
 
बुहारी बोकेर  घर छोडेको  छोरो  फर्किएन 
आमा मरिन उसकै सम्झनाले अचम्म लाग्छ !
 
उ आमा हो, दिदी हो, बहिनी हो थाछ र पनि,
गरेकै छन् बलात्कार दुनियाँले अचम्म लाग्छ !
 
मलाई यो कुरामा  बडो  ताजुब  लाग्यो कि 
रामायण लेखेछ चोर डाकाले अचम्म लाग्छ !

निर्दोष एनपी
ठेगानाः कैलाली
हालः काठमाडौं

यो पनि
निर्दोषका २ गजल (हेर्नुस्)



बिहिबार, ३० फागुन २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...