कविताः कवि भट्टको ‘पुरानो पाना’ भिडियोमा

लोक राज भट्ट    

कविताः कवि भट्टको ‘पुरानो पाना’ भिडियोमा

पुरानो पाना (कविता)

साइनो जोडिन्थ्यो होला 
चाहेकी भए 
चाहिनौ
एकोहोरो हेरिमात्रै रह्यौ
प्रेम भरिएका आँखाहरु तरेर
सँधै घुर्कि लगाउछौ

कहाँ भनिरहेको छु र
जीवनभरी मैसँग बसौली भनेर 
झंकार हुनेगरी मनको मौनता
एक बार मात्रै बोलेपनि पुग्थ्यो

यादहरु सँगालेकी हौली
छेउमा बसेर एकएक गरी पल्टाउ
पुराना संगतहरु
संगतहरु खोतल्दा खोतल्दै 
रिस उठिहाल्यो भने
तब तरौली मलाई मनपर्ने परेलिहरु

धेरै पछि हिमाल देखे जस्तै
हुरुक्क भएको छ मन
अजम्बरी जस्तो लाग्दैछ 
तिमी सँगको यो भेट

जैले 
ओठमा गुलाब फुलाएर
मेरा श्रबणहरुमा
बिस्तारै प्रेम टच गराउँथ्यौ
उहिल्यै 
कालान्तरको याद बनाउन
हृदय भित्र बनाइसकेको थिएँ प्रेमको चौतारो
तिमीले पत्तै पाइनौ

याद छ रु
छ भने आउ
यादै यादका हिमाल चढेर
तिमी र म फेरी एक पटक रमाईलो गरौं
मेरो अनुरोधले तिम्रा परेलिहरु उचालिएछन् भने
सुटक्क लजाएर उसैगरी मात्तिउला
घोसे मुन्टोमै निहुरिरह्यौ भने
म आफै सोचौला कता मोडिदैछ पिरती

ओ साथी आउ,
एक पटक फेरी पल्टाउँ पुरानो पाना
जहाँ अवस्य भेटिनेछ
तिम्रो र मेरो प्रेम अबरोधको अक्षर 
त्यसैलाई मेटाएर
त्यहीँबाट सुरु गरौँला बाँकी जिन्दगी । 

यी पनि पढ्नुहोस्- 

-उनी रिसाएकी छिन् ! (भिडियोसहित)

-जुम्राहरुको तमासा

-कमरेड काका ! [कविता]

-टंके दाईको कुकुर ! [कविता]

-सम्भावनाको सहरमा साहित्यको सुगन्ध

-गाउँलेहरु [कविता]

-साहरा [कविता]

-बाल मजदुर [कविता]



सोमबार, ०४ चैत २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...