‘समाज परिवर्तनका लागि रिस होइन एकता बनाऔं’

बुलबुल नेपाल    

‘समाज परिवर्तनका लागि रिस होइन एकता बनाऔं’

दिपेश परिवर्तन ‘क्षितिज’ । चाहना अनगिन्ती छन् । ती चाहनालाई पूरा गर्न प्रयास पनि जारी छ । सबैभन्दा बढि आफ्नो मातृभूमिप्रति उत्तरदायी हुन चाहन्छु । म परिवर्तन–विकास चाहन्छु र शुरुवात आफ्नो मातृभूमिबाटै गर्दैछु, किनकी त्यो मेरो पहिलो जिम्मेवारी पनि हो । सकारात्मक सोच विचारले सबै युवावर्गले हातेमालो गर्दै अगाडि बढ्ने हो भने परिवर्तन र विकास असम्भव छैन ।

हुन त कतिपय बाध्यात्मक परिस्थिति आउछन् । जस्तोः चुप लागेर बसेन भने भएको रोजीरोटि खोसिने, सत्यको लागि बोल्दा आफन्त ईष्टमित्रसँग दुश्मनी बढ्ने आदि ।

हाम्रो जिन्दगी यहाँसम्म पुग्नमा जन्मदिने आमा र मातृभुमिको बराबर योगदान रहेको छ । मानव चोला भएर जन्मेपछि आफ्नो व्यक्तिगत जीवनभन्दा आफ्नो मातृभूमिका लागि केही गर्नु नै महानता हो । आफनो गाउँ, समाज देशका लागि केही गर्ने अवसर यहि नै हो । र, हामी सबैको जिम्मेवारी पनि हो । सधैं आफ्नो ब्यक्तिगत जीवन त्यागेर समाजको विकासमा लाग्नैपर्छ पनि भनेको होइन । तर, आफ्नो बुद्धि क्षमता अनुभव ज्ञानको आधारमा रायसल्लाह दिनु पनि ठूलो कुरा हो ।

सबैले मनको खराब बिचार खराब आचरण त्यागेर अगाडि बढ्दै जाने हो भने समाजमा भएका हरेक कुरिती-कुसंस्कार, कालोबजारी, भ्रष्टाचारको अत्य हुनेछ र एउटा सुन्दर नमूना समाजको निर्माण भएर आउँदो पुस्ताका कलिला मुनाहरु बसन्तको पालुवा झैं मौलाउँदै सभ्य, भब्य र मर्यादात समाजमा रमाउने छन् ।

हामी एउटा शिक्षित वर्ग भएको नाताले समाजमा भएका कुरिती–कुसंस्कार घूस–पैठ भ्रष्टाचारको अत्य गरि विकास र परिवर्तनको लागि आवाज उठाउनु हाम्रो कर्तव्य पनि हो । हुन त कतिपय बाध्यात्मक परिस्थिति आउछन् । जस्तोः चुप लागेर बसेन भने भएको रोजीरोटि खोसिने, सत्यको लागि बोल्दा आफन्त ईष्टमित्रसँग दुश्मनी बढ्ने आदि । तर, सत्यताको अठोट लिएर यदि एकपटक दुःख गरेर संघर्ष गरेर केही परिवर्तन र विकास हुन्छ र अर्को पुस्ताको हाम्रो जस्तै अवस्था नहोस् भन्ने चाहानुहुन्छ भने भने एक पटक हरेक युवावर्ग, गाउँबासी दाजुभाई दिदीबहिनी सबैले उठ्नु जरुरी छ, जुट्नु जरुरी छ । 

सबै युवा वर्गले आफनो मनको घमण्डको कालो पर्दा हटाएर  हेरे  भने एउटा सुन्दर समाज देखिन्छ । त्यसैले म सबै युवा वर्गलाई अनरोध गर्छु, समाजको लागि अहिले केही गर्ने सुनौलो अवसरलाई पाएका छौं ।

समाजमा खराब आचरण भएका हरेक व्यक्तिलाई सम्झाई–बुझाई, नभए कानुनी दायरामा उभ्याएर कारवाही गरे अवश्य नै केही परिवर्तन हुनेछ । सबै युवा वर्गले आफनो मनको घमण्डको कालो पर्दा हटाएर  हेरे  भने एउटा सुन्दर समाज देखिन्छ । त्यसैले म सबै युवा वर्गलाई अनरोध गर्छु– समाजको लागि अहिले केही गर्ने सुनौलो अवसरलाई पाएका छौं ।

आफनो गाउँ, समाज देशका लागि केही गर्ने अवसर यहि नै हो । र, हामी सबैको जिम्मेवारी पनि हो । सधैं आफ्नो ब्यक्तिगत जीवन त्यागेर समाजको विकासमा लाग्नैपर्छ पनि भनेको होइन ।

अहिलेको  पुस्तालाई एक इतिहासमय पुस्ता बनाऔं जसको भावी दिनमा पनि सबैले तारिफ गरून् । सबैले मनको खराब बिचार खराब आचरण त्यागेर अगाडि बढ्दै जाने हो भने समाजमा भएका हरेक कुरिती–कुसंस्कार, कालोबजारी, भ्रष्टाचारको अत्य हुनेछ र एउटा सुन्दर नमूना समाजको निर्माण भएर आउँदो पुस्ताका कलिला मुनाहरु बसन्तको पालुवा झैं मौलाउँदै सभ्य, भब्य र मर्यादित समाजमा रमाउने छन् ।  

दिपेशको यो पनि पढ्नुहोस्
–गाउँमा बढेको बालविवाहले हैरान भए !



मङ्गलबार, १२ चैत २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...