गायक राजिव लामाको ‘कान्छी सुनन’ बजारमा (भिडियोसहित)

बुलबुल नेपाल    

गायक राजिव लामाको ‘कान्छी सुनन’ बजारमा (भिडियोसहित)

काठमाडौं, चैत १४ । गायक राजिव लामाको ‘कान्छी सुनन’ बो गीत सार्वजनिक गरिएको छ । उनको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । आफ्नै गाउँ–घर, भिर–पाखा, डाँडा–भञ्ज्याङ्  र खोला–नालामासंगै हुर्केर माया प्रेम साँटा–साँट गरिएको कान्छीलाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ । 


नेपाली मौलिक शब्दहरु राखेर सिर्जना गरिएको यस गीतमा शब्द, संगीत र स्वर स्वयम् गायक लामाको रहेको छ । गीतमा बियट ब्यान्डका र्यापर थुजे दोन्दुपको र्याप समाबेश छ। गीतको एरेन्ज्मेन्ट विशेष पाण्डेले गरेका हुन् । यसअघि गायक लामाले  ‘जाऊ जाऊ साथी रेलैमा’ ‘वन लभ’ ‘टोक्यो शहरमा’  जस्ता   गीतहरु सार्वजनिक गरिसकेका छन् ।



बिहिबार, १४ चैत २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...