धनगढीमा करेन्ट लागेर २ जनाको मृत्यु

बुलबुल नेपाल    

धनगढीमा करेन्ट लागेर २ जनाको मृत्यु

कैलाली, चैत २० । जिल्लाको धनगढी उप–महानगरपालिकामा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । उप–महानगरपालिका वडा नम्वर ३ मिलनचौकमा पर्शुराम बानियाको घरमा करेन्ट लागेर २ जनाको ज्यान गएको हो ।

 

नुहाउने क्रममा पानी तान्ने मोटरको तारबाट लागेको करेन्टले बानियाका ५ बर्षीय छोरा आयुश बानिया र सोही घरमा डेरा गरि बस्दै आएका कैलारी गाउँपालिका कोईलही तालका छक्क चौधरीकी ५ बषीय छोरी अनामिका चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

बानिया र चौधरी दुवैको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।



बुधबार, २० चैत २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...