आइपीएलः घरेलु मैदानमा पनि चलेन रोहितको ब्याट

बुलबुल नेपाल    

आइपीएलः घरेलु मैदानमा पनि चलेन रोहितको ब्याट

काठमाडौं, चैत २० । इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्सविरुद्ध पनि मुम्बई इन्डियन्सले खराब प्रदर्शन गरेको छ । उसले ५० रन नबनाउँदै महत्वपूर्ण २ विकेट गुमाएको छ । आज पनि कप्तान रोहित शर्माको ब्याट चल्न सकेन ।

 

चेन्नई विरुद्ध आफ्नै घरेलु मैदानमा १८ बलमा मात्र १३ रन बनाएर आउट भए । उनलाई रविन्द्र जडेजाले पभेलिएन पठाए । यसअघि, मुम्बईले पहिलो विकेटका रुपमा क्विन्टन डी ककलाई गुमायो । उनी ७ रनमै आउट भए । डीकलाई दीपक चहरले क्याच आउट गराए । मुम्बईले टस हारेर आज ब्याटिङको मौका पाएको छ । 

 

महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईले ३ खेलमा तीनै खेल जित्दै शीर्ष स्थानमा रहँदा रोहित शर्मा कप्तान रहेको मुम्बई ३ खेलमा एकमा जीत र २ खेलमा हार बेहोर्दै अंक तालिकाको छैठौं स्थानमा छ । अहिलेसम्म यी दुई टिमबीच २६ पटक भिडन्त भएको छ । जसमा मुम्बईले १४ र चेन्नईले १२ खेल जितेको छ । 


आज मुम्बईमा मिचेल मैकक्लेनघन र मयंक मार्कण्डेको स्थानमा जोसन बेहरेनड्रफ र राहुल चाहरलाई मौका दिइएको छ । यस्तै, धोनीको टिमले एक खेलाडी परिर्वतन गरेको छ । उसले मिचेल सेन्टनरको स्थानमा मोहित शर्मालाई स्थान दिइएको छ । यस्तो छ पूरा टिम

 

चेन्नईः महेन्द्र सिंह धोनी (कप्तान र विकेटकीपर), अम्बाती रायडू, शेन वाटसन, सुरेश रैना, केदार जाधव, रविन्द्र जडेजा, ड्वेन ब्रावो, दीपक चहर, शार्दूल ठाकुर, इमरान ताहिर, मोहित शर्मा ।

 

मुम्बईः रोहित शर्मा (कप्तान), क्विंटन डीकक (विकेट कीपर), सूर्यकुमार यादव, युवराज सिंह, किरण पोलार्ड, हार्दिक पांड्या, क्रुणाल पांड्या, जेसन बेहरेनड्रफ, राहुल चाहर, लसिथ मलिंगा, जसप्रीत बुमराह । 



बुधबार, २० चैत २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...