आइपीएलः धोनीको चेन्नईविरुद्ध सूर्यकुमारको अर्धशतक

बुलबुल नेपाल    

आइपीएलः धोनीको चेन्नईविरुद्ध सूर्यकुमारको अर्धशतक

काठमाडौं, चैत २० । इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्सविरुद्ध  मुम्बई इन्डियन्सका सूर्यकुमार यादवले अर्धशतक प्रहार गरेका छन् । उनले ३८ बलमा अर्धशतक प्रहार गरेका हुन् । जारी आइपीएलमा उनको यो पहिलो अर्धशतक हो । आज मुम्बईले टस हारेर ब्याटिङको मौका पाएको छ । मुम्बईले आज पनि राम्रो शुरुवात गर्न सकेन । 

 

उसले ५० रन बनाउँदा महत्वपूर्ण ३ विकेट गुमाई सकेको थियो । मुम्बईले तेस्रो विकेटका रुपमा युवराज सिंहलाई गुमायो । उनी ६ बलमा ४ रनमै इमरान ताहिरको बलमा क्चाट आउट भए । यस्तै, आज पनि कप्तान रोहित शर्माको ब्याट चल्न सकेन ।

 

चेन्नई विरुद्ध आफ्नै घरेलु मैदानमा १८ बलमा मात्र १३ रन बनाएर उनी आउट भए । रोहितलाई रविन्द्र जडेजाले पभेलिएन पठाए । यसअघि, मुम्बईले पहिलो विकेटका रुपमा क्विन्टन डी ककलाई गुमायो । उनी ७ रनमै आउट भए । डीकलाई दीपक चहरले क्याच आउट गराए । मुम्बईले टस हारेर आज ब्याटिङको मौका पाएको छ । 
 



बुधबार, २० चैत २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...