आइपीएलः धाेनीकाे चेन्नईले गुमायो २ ओभरमा २ विकेट !

बुलबुल नेपाल    

आइपीएलः धाेनीकाे चेन्नईले गुमायो २ ओभरमा २ विकेट !

काठमाडौं, चैत २० । इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सले दिएको १७१ रनको लक्ष्य पछ्याइरहेको चेन्नई सुपर किंग्सले सस्तैमा २ विकेट गुमाएको छ । उसले दोस्रो ओभरमै महत्वपूर्ण २ विकेट गुमाइसकेको छ । पहिलो विकेटका रुपमा अम्बाती रायडू खाता नखोल्दै आउट हुँदा शेन वाट्सन पनि ५ रन बनाउँदै मैदान बाहिरन बाध्य भए ।

 

रायडूलाई जोसन फेहनड्रफले र वाट्सनलाई लसिथ मलिंगाले आउट गरे । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि सूर्यकुमार यादवले अर्धशतक प्रहार गरे । उनले ४३ बलमा ५९ रन बनाए । जारी आइपीएलमा सूर्यकुमारको यो पहिलो अर्धशतक हो ।


यस्तै, कुणाल पाण्ड्याले ३२ बलमा ४२, कप्तान रोहित शर्माले १३, युवराज सिंह, क्विन्टन डी ककले ४–४ रन बनाए । हार्दिक पाण्ड्याले नटआउट ८ बलमा २५ र किरण पोलार्डले अविजीत ७ बलमा १७ रन बनाए । बलिङमा चेन्नईका दीपक चहर, डीजे ब्रावो, इमरान ताहिर, रविन्द्र जडेजा र मोहित शर्माले एक–एक विकेट लिए । 


 चम्किँएनन् स्टार
आज पनि कप्तान रोहित शर्माको ब्याट चल्न सकेन । चेन्नई विरुद्ध आफ्नै घरेलु मैदानमा १८ बलमा मात्र १३ रन बनाएर उनी आउट भए । रोहितलाई रविन्द्र जडेजाले पभेलिएन पठाए । यसअघि, मुम्बईले पहिलो विकेटका रुपमा क्विन्टन डी ककलाई गुमायो । उनी ७ रनमै आउट भए । डीकलाई दीपक चहरले क्याच आउट गराए ।  यस्तै मुम्बईका स्टार खेलाडी युवराज सिंह पनि ४ रनमै मैदान बाहिरिए । 
 



बुधबार, २० चैत २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...