आइपिएलः कोलकत्तालाई सात विकेटले हराउँदै चेन्नई शीर्ष स्थानमा

बुलबुल नेपाल    

आइपिएलः कोलकत्तालाई सात विकेटले हराउँदै चेन्नई शीर्ष स्थानमा

काठमाडौं, चैत २७ । चेन्नई सुपर किङ्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो। एम चिदामबराम क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १०९ रनको सामान्य लक्ष्य घरेलु टोली चेन्नईले १७ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।

 

चेन्नईको जितमा फाप डु प्लेसिसले अविजित ४३ रन बनाए। यस्तै अम्बाती रायाडुले २१ रन जोड्दा सेन वाट्सनले १७ रन बनाए। सुरेश रैना १४ रनमा आउट हुँदा केदार जादबले अविजित ८ रन जोडे। कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाएको थियो।

 

चेन्नईका बलर चम्किएको खेलमा कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै टोलीको सम्मान जनक स्कोर बनाए। यस्तै कप्तान दिनेस कार्तिकले १९ तथा रोबिन उथप्पाले ११ रन बनाए। कोलकत्ताका अन्य ८ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। चेन्नईका दिपक चाहरले ३ विकेट लिए। यस्तै हरबजन सिंह र इमरान ताहिरले समान २ / २ विकेट लिए। कोलकत्तालाई हराएसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले लिगमा पाँचौं जित निकालेको छ। चेन्नईले ६ खेलबाट १० अंक जोडेको छ। पराजित कोलकत्ता ६ खेलबाट ८ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ।



बुधबार, २७ चैत २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...