‘स्वास्नी फरार भइन्, छुरा रोपेर पतिलाई’

बुलबुल नेपाल    

‘स्वास्नी फरार भइन्, छुरा रोपेर पतिलाई’

                गजल
थाहा नहुन सक्छ यो खबर कतिलाई 
स्वास्नी फरार भइन् छुरा रोपेर पतिलाई !
                         
बनाउने वालाले पनि क्या रोबोट बनायो
जसले गर्यो आज बलात्कार युवतीलाई !
   
मलाई मन्दिरले घृणा गरेदेखी नै हो प्रभु  
मैले फूल चडाउन छाडेको बाग्मतीलाई !

मेरो देशमा राजनीति यो कारणले अनुत्तीर्ण भो
जब एउटाले कुल्चियो अरुको प्रगतीलाई !

हात चलाएर नै हिटलर, हिटलर बनेको हो 
तिमी अजिङ्गर बनेउ पर्खिएर नियतिलाई !

निर्दोष एनपी
ठेगानाः कैलाली
हालः काठमाडौं

यी पनि पढ्नुहोस्
‘हुने नहुने देख्छन् यी आँखाले अचम्म लाग्छ’ (गजल)
निर्दोषका २ गजल (हेर्नुस्)



शनिबार, १४ बैशाख २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...