‘आईजा चरी मेरो सानो सन्देश लगेर जा’ (गजल)

बुलबुल नेपाल    

‘आईजा चरी मेरो सानो सन्देश लगेर जा’ (गजल)

                         गजल
आईजा चरी मेरो सानो सन्देश लगेर जा  
मर्दैछु अब मेरो मुखबाट उपदेश लगेर जा !

 

यो खाडीको सपनामा डुबेर यस्तो गति भो  
घरमा सबै एक्लै छन् बरू स्वदेश लगेर जा !

 

बाआमाले फोन गरेर औषधि लिन भन्दैछन् 
जसरी हुन्छ प्राण बचाउने परिवेश लगेर जा !

 

ए चरी १ जरूरी छ मलाई फर्कि नेपाल पठाईदे 
तेरो रिन तिरौला बरू मलाई विशेष लगेर जा !

 

गाउँघरमा छुटेका मेरा हितैषी मित्रहरू होलान् 
यहाँको यस्तो दुःख सुनाउछु निवेश लगेर जा !
दिनेश राज पाठक, कैलाली

यी पनि पढ्नुहोस्

–दिनेश पाठकको अर्को दमदार गजल !

सासु–बुहारीमा पनि राजनीति आयो ! [गजल]

– ‘बाले झाप्पड हान्दा आमालाई भन्दिनु है’

-कहिल्यै नखेल्ने मान्छे तासमा देखियो ! (गजल)

-दिनेश पाठकको दमदार गजल !

-जनतालाई गोली ठोक्ने स्वीकृति आयो ! [गजल]

-मात्रै दुब्लीन अब, एक गाला बाँकी छ ! [गजल]



मङ्गलबार, १७ बैशाख २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...