सांसद सिंह भन्छन्, ‘सुदूरपश्चिममा अहिले ठूला–ठूला योजना परिरहेका छैनन्’

बुलबुल नेपाल    

सांसद सिंह भन्छन्, ‘सुदूरपश्चिममा अहिले ठूला–ठूला योजना परिरहेका छैनन्’

काठमाडौं, वैशाख २९ । प्रतिनिधि सभाका सांसद भैरवबहादुर सिंहले सुदूरपश्चिम प्रदेशमा ठूला योजना नपरेको भन्दै गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६–०७७ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । 

 

सांसद सिंहले सुदूरपश्चिम प्रदेश प्राकृति स्रोत–साधनले सम्पन्न भए पनि विकासमा पछाडि परेको भन्दै उनले आगामी बजेटले त्यहाँका स्रोत–साधनको उपयोग गर्दै बजेट छुट्याउन माग गरे । उनले भने, ‘सुदूरपश्चिमा अहिले ठूला–ठूला योजनाहरु परिरहेका छैनन् । साथै, पश्चिम सेती, पञ्चेश्वर आयोजनाको विकासलाई आगामी बजेटले प्राथमिकतामा राखोस् ।’  


बझाङबाट प्रतिनिधधि सभामा निर्वाचित सांसद सिंहले स्थानीय तहलाई व्यवस्थित तरिकाले लैजानुपर्नेमा जोड दिए । उनले धेरै स्थानीय तहमा अहिले पनि स्वास्थ्य चौका, कार्यालय भवनसमेत नरहेकोले यस्तो समस्या समाधानका लागि आउँदो बजेटले ध्यान दिनुपर्ने माग गरे ।  
  
 



आइतबार, २९ बैशाख २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...