ट्याक्टर दुर्घटना हुँदा टीकापुरमा एक जनाको मृत्यु

बुलबुल नेपाल    

ट्याक्टर दुर्घटना हुँदा टीकापुरमा एक जनाको मृत्यु

काठमाडौं, वैशाख ३१ । कैलालीको टीकापुरमा भएको ट्याक्टर दुर्घटना परेर एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका–१ को टीकापुर–खक्रौला सडकखण्ड अन्तर्गत लम्की पुलमा मंगलबार बिहान से १ त १११६  नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

 

ज्यान गुमाउनेमा ट्याक्टर चालक जानकी गाउपालिका–५ पथरैयाका धनबहादुर चौधरी रहेका छन् । ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।  



मङ्गलबार, ३१ बैशाख २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...