इंग्ल्याण्डविरुद्ध पाकिस्तानका इमामको शतक पूरा

एकदिवसीय सिरिज

बुलबुल नेपाल    

इंग्ल्याण्डविरुद्ध पाकिस्तानका इमामको शतक पूरा

काठमाडौं, वैशाख ३१ । इंग्ल्याण्डसँगको पाँच एकदिवसीय सिरिज अन्तर्गत तेस्रो खेलमा पाकिस्तानका इमाम उल हकले शतक प्रहार गरेका छन् । उनले ११ चौकाको मद्दतमा ९७ बलमा शतक प्रहार गरेका हुन् ।  

 

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले यो समाचार तयार पार्दासम्म ३६ ओभरमा ४ विकेट गुमाउँदै २२० रन बनाएको छ । सिरिजमा इंग्ल्याण्ड १–० ले अगाडि छ । पहिलो खेलमा उसले पाकिस्तानलाई १२ रनले हराएको थियो । दोस्रो खेल भने वर्षाकाकारण रद्द भएको थियो ।  
 



मङ्गलबार, ३१ बैशाख २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...