बंगलादेशविरुद्ध पउल स्ट्रर्लिङको अर्धशतक पूरा

त्रिकोणात्मक सिरिज

बुलबुल नेपाल    

बंगलादेशविरुद्ध पउल स्ट्रर्लिङको  अर्धशतक पूरा

काठमाडौं, जेठ १ । एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत बंगलादेश विरुद्धको खेलमा आयरल्याण्डका ओपनर पउल स्ट्रर्लिङले अर्धशतक पूरा गरेका छन् । उनले ४ चौका र २ छक्काको मद्दतमा ५१ बलमा अर्धशतक पूरा गरेका हुन् ।

 

घरेलु मैदानमा भइरहेको यो खेलमा आयरल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म उसले २१ ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएको छ । सिरिजमा बंगलादेश वेस्टइन्डिजलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ । आयरल्याण्ड भने एक खेल अगावै बाहिरिसकेको छ । बंगलादेश–वेस्ट इन्डिजबीचको फाइनल शुक्रबार हुँदैछ । 



बुधबार, ०१ जेठ २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...