बंगलादेशविरुद्ध स्टर्लिङको उत्कृष्ट प्रदर्शन, २९३ रनको लक्ष्य

त्रिकोणात्मक सिरिज

बुलबुल नेपाल    

बंगलादेशविरुद्ध स्टर्लिङको उत्कृष्ट प्रदर्शन, २९३ रनको लक्ष्य

काठमाडौं, जेठ १ । त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत आयरल्याण्डले बंगलादेशलाई २९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनायो । उसका लागि पउल स्ट्रर्लिङले १३० रन प्रहार गरे । ४ छक्का र ८ चौकाको मद्दतमा १४१ बलमा १३० रन प्रहार गरेका हुन् । यस्तै, कप्तान विलियम प्रोटरफिल्डले ७ चौका र २ छक्काको सहयोगमा १०६ बलमा ९४ रनको योगदान दिए । अन्यको प्रदर्शन सन्तोषजनक रहन सकेन ।

 

बलिङमा बंगलादेशका अबु जायदले ९ ओभरमा ५८ रन दिँदै ५ विकेट लिए । यस्तै, मोहम्मद सैफउद्दिनले २ र रुबेल हुसेनको नाममा १ विकेट रह्यो । आयरल्याण्ड र बंगलादेशसँगै सिरिजमा वेस्ट इन्डिज पनि भिडिरहेको छ । बंगलादेश वेस्ट इन्डिजलाई हराएर फाइनल पुगिसकेको छ ।  
 



बुधबार, ०१ जेठ २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...