प्रधानमन्त्री ओली दिल्ली जाने

रासस    

प्रधानमन्त्री ओली दिल्ली जाने

काठमाडौं, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन जेठ १६ गते बिहीबार नयाँदिल्ली जाने भएका छन् ।

 

भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १०देशका राष्ट्र तथा सरकार प्रमुखलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता दिएको हो । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसहित १० देशका राजदूतलाई मन्त्रालयमा बोलाई त्यस्तो जानकारी दिइएको हो ।

 

मोदीले जेठ १६ गते साँझ ७ बजे प्रधानमन्त्रीको शपथ लिँदै छन् । यसअघि पहिलो पटक प्रधानमन्त्रीको शपथ लिँदा मोदीले सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएको थियो । यसपटक उनले बिमस्टेकसहितका १० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई निम्ता दिएका हुन् ।

 

शपथ समारोहमा सहभागी भएपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपतिद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने छन् । प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच जेठ १७ गते शुक्रबार द्विपक्षीय वार्ता हुनेछ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम छ । 



मङ्गलबार, १४ जेठ २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...