के साच्चिँकै देशमा गणतन्त्र आयो? (कविता)

बुलबुल नेपाल    

के साच्चिँकै देशमा गणतन्त्र आयो? (कविता)

                 (कविता) 

देशमा रगतको खोला बगिरह्यो 
बन्दुक पड्किदा तर्सिएको यो छाती अहिलेसम्म 
ठेगान मा आएन, सोध्नुहोला त्यसको उपचार कसरी गर्ने भनेर?
घाईते घुँडा खिच्याउदै सर्दैसर्दै सास जोगाउन भनेर हिँडेका कसैका बुबा फर्केनन्, 
आमा फर्किनन्

 

त्यो कालो रातमा चिच्याएको मुखले रुँदैरुँदै राँको बालेर खोज्ने उहि छोरो फर्किएन   
निरङ्कुशले बाटो काटेपछि हिँड्ने ती बटुवाहरू भेटिएनन्, खै महोदय कहाँ गए? 
खोज्न हामीले टर्च बाल्नुपर्छ कि राती आकाशमा जुन लगाउनु पर्छ?


त्यै पनि देशमा रगतको खोला बगिरह्यो ।
दिनदिनै घरको अगेनाले आगो पाएन  
दाउरा फाड्न चाहिने तिखो बञ्चरोले धार पाएन 
भोको पेटमा घाम नझुल्किदै नदि किनारमा गएका आमा बुवाले प्यास मेटाउने पानी पाएन भन्नुहुन्छ महोदय ! 
खोला फर्काउँछु तर मुहान कहाँपर्छ खै त्यो सोध्नुहोला?
अनि मात्रै आत्माले शान्ति पाउनेछ, र पनि भनि रहने छौ देशमा गणतन्त्र आयो? 

कविः दिनेश राज पाठक ‘अविरल’ 
            धनगढी, कैलाली

यी पनि पढ्नुहोस्

दिनेश पाठकको गजल

‘रेखा हेरेर भविष्य थाहा पाउने, हात कसले बनायो?’ (गजल)

दिनेशको गज्जब गजल

–‘आईजा चरी मेरो सानो सन्देश लगेर जा’ (गजल)

–दिनेश पाठकको अर्को दमदार गजल !

सासु–बुहारीमा पनि राजनीति आयो ! [गजल]

– ‘बाले झाप्पड हान्दा आमालाई भन्दिनु है’

-कहिल्यै नखेल्ने मान्छे तासमा देखियो ! (गजल)

-दिनेश पाठकको दमदार गजल !

-जनतालाई गोली ठोक्ने स्वीकृति आयो ! [गजल]

-मात्रै दुब्लीन अब, एक गाला बाँकी छ ! [गजल]



बुधबार, १५ जेठ २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...