‘आफ्नो ईलाकामा त कुकुर पनि भुक्छ’

बुलबुल नेपाल    

‘आफ्नो ईलाकामा त कुकुर पनि भुक्छ’

             गजल

हुने नहुने कुरा बस्तीमा प्रचार भएपछि
ओइलाउँनै छाडे फूल ब्यापार भएपछि !

हेरेन भने दुनियाँले अब नकाब फेर्नुपर्छ 
जसरी पत्थर पुजिन्छ आकार भएपछि !

बहुतै सस्तो मूल्यमा किन्न आउनु प्रिय्,
म मुटु बिक्रीमा राख्नेछु तयार भएपछि !

आफ्नो ईलाकामा त कुकुर पनि भुक्छ
जसरी छुरी मात्तिन थाल्छ धार भएपछि !

त्यसै रहरले कहाँ होर घाँटी काटेको मैले 
को सहन्छ भन्नुन जुलम बारबार भएपछि !

निर्दोष एनपी
ठेगानाः कैलाली
हालः काठमाडौं

यी पनि पढ्नुहोस्

‘स्वास्नी फरार भइन्, छुरा रोपेर पतिलाई’
‘हुने नहुने देख्छन् यी आँखाले अचम्म लाग्छ’ (गजल)
निर्दोषका २ गजल (हेर्नुस्)



शनिबार, १८ जेठ २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...