विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध कुसलको अर्धशतक

बुलबुल नेपाल    

विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध कुसलको अर्धशतक

काठमाडौंः इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध श्रीलंकाका ओपनर कुसल पेरेराले अर्धशतक बनाएका छन् । ७ चौकाको मद्दतमा ४२ बलमा उनले अर्धशतक बनाएका हुन् । जारी विश्वकपमा कुसलको यो पहिलो अर्धशतक हो ।

यो पनि पढ्नुहोस्
अफगानिस्तानविरुद्ध श्रीलंकाको उत्कृष्ट प्रदर्शन

पहिलो खेलमा न्यूजिल्याण्डविरुद्ध लज्जास्पद हार बेहोरेको श्रीलंकाले आज भने उत्कृष्ट प्रदर्शन गरेको छ । टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले यो समाचार तयार पार्दासम्म १९ ओभरमा १ विकेट गुमाएर १३६ रन बनाएको छ । श्रीलंकाले पहिलो विकेटका रुपमा कप्तान दिमुस करुणारत्नेलाई ३० रनमा गुमाएको छ । 



मङ्गलबार, २१ जेठ २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...