सन्तोष परियारको ‘पल्ला गाउँकी ठूली’ बजारमा (भिडियो)

बुलबुल नेपाल    

सन्तोष परियारको ‘पल्ला गाउँकी ठूली’ बजारमा (भिडियो)

काठमाडौंः मिलन फिल्मस प्रा.लिको प्रस्तुतिमा गायक सन्तोष परियारको मौलिक लोक दोहोरी गीत ‘पल्लो गाउँकि ठूली’ बजारमा आएको छ । गीतमा सन्तोषसँगै गिता देविले पनि स्वरमा साथ दिएकी छिन् । गायक परियारकै लय–शब्द रहेको गीतमा विष्णु तामाङको संगीत र मिलन श्रेष्ठको निर्देशन छ ।  

 

रोशन धितालले सम्पादन गरेको यो गीतको भिडियोमा अलिना रायमाझी, सुदर्शन खतिवडा, सन्तोष परियार र गिता देविको अभिनय देख्न सकिन्छ । भिडियोलाई मरुभुमी नारायणले छायांकन गरेका हुन् । यसअघि गायक परियारका ‘झ्यापमा थिए’, ‘रातो स्याउ’ लगायत गीत बजारमा आइसकेका छन् । गिताले ‘लभ गर्न भ्याइएन’, ‘तिम्रो माया चटक्कै’ लगायत गीतमा आवाज दिइसकेकी छिन् ।    



मङ्गलबार, २८ जेठ २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...