डडेल्धुरामा स्कुल जान लागेकी बालिकाको चट्याङ लागेर मृत्यु

बुलबुल नेपाल    

डडेल्धुरामा स्कुल जान लागेकी बालिकाको चट्याङ लागेर मृत्यु

डडेल्धुराः चट्याङ लागेर डडेल्धुरामा एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया संगीता भाट रहेकी छन्। इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पलाल ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु हो ।

 

बिहान ७ बजेतिर विद्यालय जानको लागि तयारी गरिरहेको बेला संगीतालाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए। संगीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन्।

 

प्रहरी निरीक्षक पाण्डेयका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य तीनजना घाइते भएका छन्। घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन्। मीना मृतक संगीताकी दिदी हुन्। घाइते मध्ये भरतको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। 



बुधबार, २९ जेठ २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...