पाकिस्तानविरुद्ध अष्ट्रेलियाको उत्कृष्ट सुरुवात

विश्वकप क्रिकेट

बुलबुल नेपाल    

पाकिस्तानविरुद्ध अष्ट्रेलियाको उत्कृष्ट सुरुवात

काठमाडौंः इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्धको खेलमा अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेको छ । टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले १८ ओभरको समाप्तीमा बिनाविकेट ११३ रन बनाएको छ ।

 

यो समाचार तयार पार्दासम्म ओपनर डेभिड वार्नरले ४० बलमा ४१ र कप्तान आरेन फिन्चले ७० बलमा ६१ रन बनाएर खेलिरहेको छन् ।  आज प्लेइङ–११ मा को–कोले पाए मौका?


अष्ट्रेलिया टिमः आरोन फिन्च (कप्तान), डेविड वार्नर, शन मार्श, स्टिभ स्मिथ, उस्मान ख्वाजा, ग्लेन म्याक्सवेल, एलेक्स केरि, नाथन कुल्टर नाईल, प्याट कमिन्स, मिचेल स्टार्क र केन रिचड्सन ।

 

पाकिस्तान टिमः सरफराज अहमद (कप्तान), इमाम उल हक, फखर जमान, बाबर आजम, मोहम्मद हफिज, सोएब मलिक, आशिफ अली, वहाब रियाज, हसन अली, शाहिन शाह अफिदी र मोहम्मद आमिर ।



बुधबार, २९ जेठ २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...