बैंग्लोरमा ‘प्रवासी ज्यावन समाज’ गठन, अध्यक्षमा गंगलाल धामी

बुलबुल नेपाल    

बैंग्लोरमा ‘प्रवासी ज्यावन समाज’ गठन, अध्यक्षमा गंगलाल धामी

काठमाडौंः बझाङ घर भएका ज्यावन समुदायका व्यक्तिहरुको सहभागितामा भारतको बैंग्लोरमा ‘प्रवासी ज्यावन समाज’ गठन गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी गंगलाल धामीको अध्यक्षतामा समिति गठन गरिएको हो । कार्यक्रमबाट समाजको उपाध्यक्षमा प्रितम धामी, सचिवमा लोकेन्द्र गुर्धामी, सह–सचिवमा गणेश महत, कोषाध्यक्षमा मकर जाग्री र सह–कोषाध्यक्षमा दिपक धामीलाई चयन गरिएको छ ।

 

यस्तै, सदस्यमा विरेन्द्र धामी, लक्ष्मण धामी, जगत धामी र रामबहादुर धामीलाई चयन गरिएको समितिका अध्यक्ष गंगलाल धामीले जानकारी दिए । उनका अनुसार ‘ज्यावन प्रवासी समाज’ को सल्लाहकार समितिसमेत गठन गरिएको छ । सल्लाहकार समितिमा दिपक धामी, धनबहादुर गुर्धामी, रमित धामी, लक्ष्मण धामी, गोपाल गुर्धामी, ज्ञानबहादुर धामी र चक्र धामीलाई चयन गरिएको छ ।  

 

समितिको नवगठित समूहलाई बैठकमा उपस्थित भएका व्यक्तिले शुभकामना एवं बधाई दिएका थिए । समितिका अध्यक्ष धामीले आफूलाई अध्यक्षको जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिए । साथै, उनले एकअर्कासँग सहकार्य गर्दै समितिलाई बजबुत बनाउने बताए । हातेमालो गर्दै अगाडि बढेर प्रवासमा रहेका नेपालीका समस्या समाधान गर्न अध्यक्ष धामीले सबैलाई अनुरोधसमेत गरे ।  

 

प्रवासमा रहेका नेपालीका समस्या समाधान गर्न समिति लागिपर्ने उनकाे भनाई छ । अध्यक्ष धामीले भने, ‘समिति गठन गर्नुमा कुनै स्वार्थ छैन । यसको उद्देश्य भनेको रोजगारीका लागि बैंग्लोरमा आएका ज्यावन समुदायका व्यक्तिहरुको समस्यालाई संयुक्तरुपमा समाधान गर्न सजिलो होस् भन्नाका लागि हो ।’ यस्ता छन् प्रवासी ज्यावन समाजले पहिलो बैठकमा गरेका प्रस्ताव–

 

 

 
  
 



सोमबार, ०२ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...