‘श्रीमतीको मन सयमा नभई हजारमा भेटियो’

बुलबुल नेपाल    

‘श्रीमतीको मन सयमा नभई हजारमा भेटियो’

                     गजल

न घरमा भेटियो खुशी न, बजारमा भेटियो   
श्रीमतीको मन सयमा नभई हजारमा भेटियो !!

पैसाले पनि यार खुब दौडधुप चलाउँदो रहेछ 
एकैछिन श्रीमान् नेपालबाट दुबै कतारमा भेटियो !!

के गरोस त फेरि पूरै जीवन खाडी मुलुक बिताएर  
त्यसपछि खोजि गर्दा जोगीको अवतारमा भेटियो !!

पैसा सबै थोक हो तर सबैथोक पैसा होईन रहेछ   
बुझ्ने समय आएर अब जीवन अन्धकारमा भेटियो !!

अन्तिम चरणमा पुगेको कसैलाई थाहै भएन छ  
मरुन्जेल धुलै धुलोको खरानी जब निधारमा भेटियो !! 

कविः दिनेश राज पाठक ‘अविरल’ 
            धनगढी, कैलाली

यी पनि पढ्नुहोस्

दिनेश पाठकको गजल 

के साच्चिँकै देशमा गणतन्त्र आयो? (कविता)

‘रेखा हेरेर भविष्य थाहा पाउने, हात कसले बनायो?’ (गजल)

दिनेशको गज्जब गजल

–‘आईजा चरी मेरो सानो सन्देश लगेर जा’ (गजल)

–दिनेश पाठकको अर्को दमदार गजल !

सासु–बुहारीमा पनि राजनीति आयो ! [गजल]

– ‘बाले झाप्पड हान्दा आमालाई भन्दिनु है’

-कहिल्यै नखेल्ने मान्छे तासमा देखियो ! (गजल)

-दिनेश पाठकको दमदार गजल !

-जनतालाई गोली ठोक्ने स्वीकृति आयो ! [गजल]

-मात्रै दुब्लीन अब, एक गाला बाँकी छ ! [गजल]



सोमबार, ०२ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...