प्रधानमन्त्री रोजगार कार्यक्रमः जाखोर तालको जलकुम्भी हटाए पैसा पाइने !

टेकेन्द्र देउवा    

प्रधानमन्त्री रोजगार कार्यक्रमः जाखोर तालको जलकुम्भी हटाए पैसा पाइने !

कैलालीः धनगढी उपमहानगरपालिका-७ स्थित जाखोर तालमा फैलिएको जलकुम्भि सोमबारबाट हटाउन सुरु गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम÷परिश्रममा आधारित सामूहिक कार्यक्रम अन्तरगत बेरोजगार यूवायूवतीले तालमा रहेको जलकुम्भी हटाउन थालेका हुन् । यस अघि मंसिर २ गतेबाट धनगढी उप–महानगरपालिकाको समन्वयमा स्थानीय प्रशासन, नेपाली सेना, जनपदप्रहरी र सशस्त्र प्रहरीले तालबाट जलकुम्भी हटाउने अभियान सुरु गरेका भए पनि जाडो बढेकाले तीन सातापछि अभियान स्थगित गरिएको थियो ।

 

धनगढी उप–महानगर पालिकाका प्रमुख नृपबहादुर वडले बेरोजगार यूवायूवतीले ताल सफा गरे बाफत प्रधानमन्त्री रोजगार कार्यक्रमको मापदण्डमा रहेर निश्चित पारिश्रमिकसमेत पाउने छन् । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले नगरका सार्वजनिक स्थलको सरसफाई गर्ने अभियान नै सञ्चालन गरिएको बताइन् । हरेक १५ दिनमा कैलाली उद्योग बाणिज्य संघसँगको सहकार्यमा बजार सरसफाई गर्ने गरेको उप–प्रमुख भट्टले बताइन् ।

 

धनगढी उप–महानगरपालिकाले जाखोर ताल क्षेत्रको विकासका लागि गुरु योजना तयार गरेको छ । सोही अनुसार पूर्वाधार विकासको काम समेत गर्न थालेको धनगढी उप–महानगरपालिका वडा नं ७ का अध्यक्ष सिताराम रानाले बताए । अहिले ३० जना बढी बेरोजगार यूवायूवती तालको जलकुम्भी हटाउन जुटेको प्रधानमन्त्री रोजगार कार्यक्रम धनगढीका संयोजक चन्द्र महराले जानकारी दिए । 
 



सोमबार, ०२ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...