बझाङ जीप दुर्घटनाप्रति पूर्वमन्त्री भट्टद्वारा दुःख व्यक्त

बुलबुल नेपाल    

बझाङ जीप दुर्घटनाप्रति पूर्वमन्त्री भट्टद्वारा दुःख व्यक्त

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले आज बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै उनले भनेका छन्, ‘दुर्घटनामा परेर ९ जनाको ज्यान गएको खबरले स्तब्ध बनाएको छ । दुर्घटनामा परेर निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’  

 

प्रहरीकाअनुसार सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाउँपालिका वडा नम्बर–१, का कलकबहादुर खड्का, उहाँका छोरा पनि रहेका छन् । यस्तै जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेको पवडा प्रहरी कार्यालय चैनपुरका सब–इन्सपेक्टर महानन्द जोशीले जानकारी दिए । यस्तै,  दुर्घटनामा परी थप ४ जना घाइते भएका छन् ।   


 



सोमबार, ०२ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...