विश्वकप २०१९ मा शाकिवको दोस्रो शतक

बुलबुल नेपाल    

विश्वकप २०१९ मा शाकिवको दोस्रो शतक

काठमाडौंः इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध बंगलादेशका शाकिव अल हसनले शतक बनाएका छन् । उनले १३ चौकाकोे मद्दतमा ८३ बलमा शतक बनाएका हुन् । जारी सिजनमा शाकिवको यो दोस्रो शतक हो । यसअघि उनले इंग्ल्याण्डविरुद्ध १२१ रन बनाए थिए ।

 

जारी संस्करणको शाकिवले २ अर्धशतक र २ शतक बनाइसकेका छन् । उनी सर्बाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमासमेत छन् । आज टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनायो । 
 

 

उसका लागि साई होपले १ छक्का र ४ चौकाको मद्दतमा १२१ बलमा ९६ रन बनाए ।इभन लुइसले ७०, सिमरोन हिटमायरले ५०, कप्तान जसन होल्डरले ३३, निकोलश पूरनले २५, ड्वायन ब्रावाेले १९, ओसेन थोमसले नट आउट ६, क्रिस गेल र आन्द्रे रसेलले भने खाता नै खोल्न सकेनन् । बलिङमा बंगलादेशका मोहम्मद सैफउद्दिन, मुस्तफिजुर रहमानले ३–३ र शकिव अल हसनले २ विकेट लिए ।  



सोमबार, ०२ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...