विश्वकपबाट धवन आउट, ऋषभ पन्तले पाए मौका

बुलबुल नेपाल    

विश्वकपबाट धवन आउट, ऋषभ पन्तले पाए मौका

काठमाडौंः भारतीय क्रिकेट टिमका ओपनर शिखर धवन इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएका छन् । उनी औंलाको चोटका विश्वकपबाट बाहिरिएका हुन् । भारतको क्रिकेट नियामक निकाय बीसीसीआई र भारतीय टीम व्यवस्थापनले एक हप्तासम्म धवनलाई निगरानीमा राखेपछि उक्त निर्णय लिएको हो ।

 

उनको ठाउँमा ऋषभ पन्तले भारतीय टोलीमा प्रवेश पाउने भएका छन् । पन्तलाई यसअघि नै शिखरको ‘कभर’को रूपमा विश्वकप टोलीमा सामेल भइसकेका छन् ।धवनले ९ जुनमा ओभल क्रिकेट मैदानमा अस्ट्रेलियाविरुद्ध ११७ रन बनाएका थिए । उक्त खेलमा प्याट कमिन्सको बलमा शिखरको बायाँ हातको बुढी औंला भाँचिएको थियो । सुरुमा उनलाई दुईदेखि तीन हप्तासम्म आराम गरेपछि सन्चो हुनसक्ने अनुमान गरिए पनि उनलाई भारत फिर्ता बोलाइएको हो ।

 

त्यसपछि भारतले न्यूजिल्याण्डविरुद्ध खेल्नुपर्ने खेल वर्षाका कारण रद्द भएको थियो भने पाकिस्तानविरुद्धको खेलमा उनको सट्टा केएल राहुलले रोहित शर्मासँग ओपनिङ गरेका थिए । भारतले अफगानिस्तान, इङल्याण्ड, श्रीलंका, बंगलादेश र वेस्टइन्डिजसँग खेल्न बाँकी नै छ । घाइते भए पनि धवन टीममा फर्किने आशामा थिए । पछिल्लो समय उनले घाइते औंलासहित जिममा व्यायाम गरिरहेका तस्बीर समेत सामाजिक संजालमा भाइरल हुन पुगेका थिए ।

 

यसअघि धवनलाई ३ हप्ताका लागि टिममा उपलब्ध हुन नसक्ने भनिए पनि आज भने उनलाई प्रतियोगिताबाट नै बाहिर भएको घोषणा गरिएको हो । अब उनको स्थानमा युवा ब्याट्सम्यान ऋषभ पन्तले मौका पाउने छन् । शिखर अष्ट्रेलिया विरुद्धको खेलमा घाइते भएका थिए । त्यस खेलमा उनले ११७ रन बनाएका थिए ।



बुधबार, ०४ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...