भारतलाई अर्को झड्का, अराउन्डर विजय शंकर घाइते

एजेन्सी    

भारतलाई अर्को झड्का, अराउन्डर विजय शंकर घाइते

काठमाडौंः इंग्ल्याण्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतीय क्रिकेट टोलीका समर्थकलाई निराश पार्ने एउटा अर्को समाचार बाहिरिएको छ । राम्रो खेल्न थालेका ओपनिङ ब्याट्सम्यान शिखर धवन बायाँ हातको बूढी औंलाको चोटका कारण विश्वकपबाट बाहिरिएपछि अर्का अलराउण्डर विजय शंकर पनि बुढी औंलाकै चोटको कारण घाइते भएको समाचार आएको हो ।

 

उनलाई अभ्यासका क्रममा जस्प्रीत बुमराहले फालेको बल लागेको समाचार भारतीय मिडियाले लेखेको छ । टीम सूत्रलाई उद्धृत गर्दै पिटिआईले बुधबार अभ्यासको क्रममा उनको गोडाको बुढी औंलामा चोट लागेको बताएको छ ।पिटीआईले प्रकाशित गरेको समाचारमा बुमराहको बल लाग्ने बित्तिकै विजय शंकर दुःखाइको कारण कराउन थालेका थिए । टीम सूत्रले विजयलाई सामान्य चोट लागेको र त्यो साँझसम्म सन्चो भइसकेको जनाएको छ ।

 

शंकरलाई भारतीय ब्याटिङ क्रममा चौथो क्रममा राखिएको छ । यस अघि केएल राहुल यस स्थानमा खेल्ने गर्थे तर धवनको अनुपस्थितिमा उनी ओपनिङ गर्दैछन् ।  यसका अतिरिक्त उनी मध्यम गतिका बलर पनि हुन् । उनले पाकिस्तानविरुद्ध खेलमा कप्तान सरफराज अहमदसहित दुई विकेट लिएका थिए ।

 

शिखर धवन यस अघि नै बायाँ हातको बुढी औंला भाँचिएर विश्वकप बाट फर्किसकेका छन् । उता बलर भुवनेश्वर कुमार पनि तिघ्राको चोटका कारण दुई खेल खेल्न नसक्ने भएका छन् । उनी आठ दिनसम्म बलिङ गर्न असमर्थ रहेको बताइएको छ । एक खेलाडी प्रतियोगुइताबताई बाहिरिएको, एउटा खेल्न नसक्ने अवस्थामा रहेको अवस्थामा शंकरको यस अवस्थाले भारतीय टीम व्यवस्थापनको चिन्ता बढ्नु स्वाभाविक हो ।



बिहिबार, ०५ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...