असार १० गते विप्लव नेकपाद्वारा बन्द घोषणा (विज्ञप्तिसहित)

बुलबुल नेपाल    

असार १० गते विप्लव नेकपाद्वारा बन्द घोषणा (विज्ञप्तिसहित)

काठमाडौंः नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले असार १० गते बन्द घोषणा गरेको हो ।

 

पार्टी महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका थप कार्यक्रमसमेत घोषणा गरेको छ । असार ७ गते प्रचारप्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । हेर्नुस् विज्ञप्ति



शुक्रबार, ०६ असार २०७६ मा प्रकाशित

Tags : #Viplav #Band

प्रतिकृया दिनुहोस


Loading...