न्यूजिल्याण्डलाई तेस्रो झड्का, गेलले लिए विकेट

बुलबुल नेपाल    

न्यूजिल्याण्डलाई तेस्रो झड्का, गेलले लिए विकेट

काठमाडौंः इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा न्यूजिल्याण्डले तेस्रो विकेट गुमाएको छ । उसले तेस्रो विकेटका रुपमा ३४.३ ओभरमा ६९ रनमा रस टेलरलाई गुमाएको हो । उनलाई क्रिस गेलले आउट गरेका हुन् । वान डे क्रिकेटमा २०१९ मा गेलले पहिलो विकेट लिएका हुन् । 

 


कप्तान विलियम्सनको दोस्रो ५० रन  
वेस्ट इन्डिजविरुद्ध पनि न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले अर्धशतक बनाएका छन् । उनले ४ चौकाको मद्दतमा ७५ बलमा अर्धशतक बनाएका हुन् । जारी विश्वकपमा विलियम्सनको यो दोस्रो अर्धशतक हो । साथै उनले विश्वकप २०१९ मा एक शतक पनि बनाइसकेका छन् ।  


पहिलो ओभरमै २ विकेट पतन
उत्कृष्ट लयमा देखिएको न्यूजिल्याण्डले वेस्ट इन्डिजविरुद्ध भने आज खराव सुरुवात गर्यो । उसले पहिलो ओभरमै महत्वपूर्ण २ विकेट गुमाउन पुग्यो । टस हारेर ब्याटिङको मौको पाएको न्यूजिल्याण्डले पहिलो बलमै पार्टिन गुप्टिल र पहिलो ओभरकै पाँचौ बलमा कोलिन मुनरोलाई गुमाएको हो । उनी दुवैलाई सेल्ड्रोन कोट्रेलले आउट गरेका हुन् । 

 

वेस्ट इन्डिज आजको खेल जित्नैपर्ने दबाबमा छ । उसले पाँच खेलमा ३ मा हार र एक खेलमा मात्र जीत हासिल गरेको छ । एक खेल भने वर्षाकाकारण रद्द भएको थियो । न्यूजिल्याण्ड यो संस्करणमा उत्कृष्ट लयमा देखिएको छ । उसले ५ खेलमा ४ मा जीत हासिल गरेको छ । भारत विरुद्धको खेलमा वर्षा बाधक बनेपछि अंक बाँडेका थिए ।   



शनिबार, ०७ असार २०७६ मा प्रकाशित

Tags : #Chris Gayle

प्रतिकृया दिनुहोस


Loading...