विश्वकप क्रिकेटः पहिलो जीतको खोजीमा अफगानिस्तान

बुलबुल नेपाल    

विश्वकप क्रिकेटः पहिलो जीतको खोजीमा अफगानिस्तान

काठमाडौं । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र बंगलादेश खेल्दै छन् । यी दुई टिमबीचको भिडन्त नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि साउथ ह्याम्टनमा सुरु हुँदैछ । अफगानिस्तान अहिलेसम्म जीतविहीन रहँदा बंगलादेशले भने दक्षिण अफ्रिका र वेष्ट इण्डिजलाई पराजित गर्न सफल भएको छ ।

 

६ खेलबाट ५ अंक बटुलेको बंगलादेशलाई आजको खेल जित्नैपर्ने दबाब छ । यही मैदानमा भारतसँग अफगानिस्तान ११ रनले पराजित भएको थियो । वान डे क्रिकेटमा यी दुई टिमबीच सात पटक भेट भएको छ । जसमा ४ खेलमा बंगलादेश र ३ खेलमा अफगानिस्तानले जीत हात पारेको छ । विश्वकपमा भने बंगलादेश र अफगानिस्तानबीच एक पटक मात्र खेल भएको छ । उक्त खेलमा बंगलादेश विजयी भएको थियो ।

 

बंगलादेशको पूरा टिमः मसरुफे मुर्तुजा (कप्तान), मुश्फिकुर रहीम, शाकिब अल हसन, सौम्य सरकार, तमिम इकबाल, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन मिराज, मोहम्मद मिथुन, मोहम्मद सैफउद्दिन,  मुस्तफिजुर रहमान, रुबेल हुसेन, सब्बीर रहमान, अबु जायद र मोसदक हुसेन ।

 

अफगानिस्तानको पूरा टिमः गुल्बिन्दन नाइब (कप्तान), असगर अफगान, नजिबुलाह जर्दान, नूर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी, दवालत जर्दान, मुजिब उर रहमान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नाबी, अफतब आलम र इक्रम अलिखिल ।



सोमबार, ०९ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...