बंगलादेशविरुद्ध अफगानिस्तानले टस जित्यो, टिममा को–कोले पाए मौका?

बुलबुल नेपाल    

बंगलादेशविरुद्ध अफगानिस्तानले टस जित्यो, टिममा को–कोले पाए मौका?

काठमाडौंः इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा अफगानिस्तानले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि साउथह्याम्टममा सुरु हुँदैछ । 

 

अफगानिस्तान अहिलेसम्म जीतविहीन रहँदा बंगलादेशले भने दक्षिण अफ्रिका र वेष्ट इण्डिजलाई पराजित गर्न सफल भएको छ । ६ खेलबाट ५ अंक बटुलेको बंगलादेशलाई आजको खेल जित्नैपर्ने दबाब छ । यही मैदानमा भारतसँग अफगानिस्तान ११ रनले पराजित भएको थियो । वान डे क्रिकेटमा यी दुई टिमबीच सात पटक भेट भएको छ । जसमा ४ खेलमा बंगलादेश र ३ खेलमा अफगानिस्तानले जीत हात पारेको छ । विश्वकपमा भने बंगलादेश र अफगानिस्तानबीच एक पटक मात्र खेल भएको छ । उक्त खेलमा बंगलादेश विजयी भएको थियो ।

 

बंगलादेशको प्लेइङ ११ः मसरुफे मुर्तुजा (कप्तान), मुश्फिकुर रहीम, शाकिब अल हसन, सौम्य सरकार, तमिम इकबाल, लिटोन दास, महमुदुल्लाह, मोहम्मद सैफउद्दिन, मुस्तफिजुर रहमान,  मेहदी हसन, अबु जायद र मोसदक हुसेन ।

 

अफगानिस्तानको प्लेइङ ११ः गुल्बिन्दन नाइब (कप्तान), असगर अफगान, नजिबुलाह जर्दान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी, दवालत जर्दान, मुजिब उर रहमान, हस्मातउल्लाह शाहिदी, मोहम्मद नाबी र इक्रम अलिखिल ।



सोमबार, ०९ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...